२०८२ फाल्गुन २५ गते
×

Now Playing

प्रत्यक्ष तर्फ पछि परेकाे नेकपा समानुपातिकमा उछिन्याे सबै लाई

काली बहादुर परियार

जुम्ला ,२५ फाल्गुन ।

जुम्ला बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ जित निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले जुम्लामा समानुपातिक तर्फ राम्रो मत ल्याउन सकेन ।

निर्वाचन कार्यालयले सोमबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार राप्रपा जिल्लामा तेर्स्राे स्थान ल्याउने दल बनेको हो हाे । निर्वाचन परिणाम अनुसार राप्रला समानुपातिक तर्फ ६ हजार ५ सय ५२ मत प्राप्त गरेको छ ।

यस्तै जुम्लामा समानुपातिकतर्फ सबै भन्दा बढी नेपाली कम्युनिस्ट पार्टीले १० हजार २ सय २ मत ल्याइ पहिलाे भएको छ । यस्तै नेपाली कांग्रेसले ९ हजार तीन सय ६० मत प्राप्त गरेको छ। नेकपा एमालेले ६ हजार ३९ मत प्राप्त गरेकाे निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले समानुपातिक तर्फ ५ हजार १ सय १८ मत ल्यायाे भने प्रतक्ष तर्फ ४ सय २१ मत ल्याएकाे थियाे । यस्तै नेपाल मजदुर किसान पार्टीले १ हजार ४ सय १९, प्रगतिशील लाेकतान्त्री पार्टीले २ सय ५७, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले २ सय ८ मत प्राप्त गरेकाे छ।

जिल्लामा समानुपातिकतर्फ कुल ४१ हजार ४ सय ५१ मत खसेको थियो । त्यस मध्ये ४० हजार १ सय १९ मत सदर भएका छन् भने १ हजार ३ सय ३२ मत बदर भएको निर्वाचन परिणामले देखाएको छ।

जुम्लामा यस अघि सार्वजनिक भएको प्रत्यक्षतर्फको नतिजामा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले जुम्लामा ऐतिहासिक सफलता हासिल गरेको थियो । राप्रका उम्मेदवार ज्ञानेन्द्र शाहीले १४ हजार ८ सय १६ मतसहित विजयी भएका थिए।

प्रत्यक्ष तर्फ पछि परेकाे नेकपा समानुपातिकमा उछिन्याे सबै लाई

बाँकेमा १३ हजार ४४२ मत बदर

प्रत्यक्ष तर्फ पछि परेकाे नेकपा समानुपातिकमा उछिन्याे सबै लाई

प्रत्यक्ष तर्फ पछि परेकाे नेकपा समानुपातिकमा उछिन्याे

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds