२४ हजार बढी मतसहित बाँके–२ मा इस्तियाक राई निर्वाचित

बाँके ,२३ फाल्गुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम मतपरिणाममा सूर्य चिन्हबाट चुनाव लड्नुभएका राईले २४ हजार ६२८ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिबेक श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले १७ हजार ५९६ मत प्राप्त गर्नुभएको छ।
अन्तिम मतगणनासँगै राईले निकटतम प्रतिस्पर्धी श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले पराजित गर्दै बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै एमालेका नेता–कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ। विजयी उम्मेदवार राईले मतदाताप्रति आभार व्यक्त गर्दै बाँके–२ को समग्र विकास, समृद्धि तथा जनअपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहने बताउनुभएको छ।

२४ हजार बढी मतसहित बाँके–२ मा इस्तियाक राई निर्वाचित

बाँके–१ बाट रास्वपाका सुरेश कुमार चौधरी विजयी

२४ हजार बढी मतसहित बाँके–२ मा इस्तियाक राई निर्वाचित

बर्दिया–१ मा रास्वपाका थारु विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *