कालिकाेट समृद्ध अन्तर संवाद कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन

हस्त चाैलागाईं
कालिकाेट,१४ फाल्गुन।
“कालिकोट समृद्ध अन्तर संवाद” कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलन गरिएकाे छ । कर्णाली जेन्जी समूहको आयोजनामा पत्रकार सम्मेलन गरिएकाे हाे ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ मा कालिकाेटबाट राजनीति मैदानमा उत्रिएका प्रतिनिधि सभा सदस्यहरुका एजेण्डा तथा आगामी लक्ष के कस्ताे रहेकाे छन तथा समृद्ध कालिकाेट कसरी बनाउने बिषयमा राजनीतिक दलसंग बहस गर्ने पत्रकार सम्मेलनमा सुप्रिया शाहीले जानकारी गराईन् ।
जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न सम्मेलनमा कार्यक्रमको उद्देश्य, स्वरूप र महत्वबारे विस्तृत जानकारी गराइएको थियो।
पत्रकार सम्मेलनमा कालिकोट जिल्लाको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित अन्तर संवाद कार्यक्रम आयोजना गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रम जिल्लाका नागरिक, युवा, महिला, बुद्धिजीवी, नागरिक समाज तथा राजनीतिक दलका उम्मेदवारहरूबीच खुला, निष्पक्ष र स्वस्थ संवादको प्लेटफर्मका रूपमा सञ्चालन गरिनेछ।
कार्यक्रम कुनै पनि राजनीतिक दल, संगठन वा उम्मेदवारको पक्ष–विपक्षमा नरही पूर्ण रूपमा स्वतन्त्र नागरिक पहलअन्तर्गत आयोजना गरिएको स्पष्ट पार्दै हालको चुनावी परिवेशमा जिम्मेवार बहस, आपसी समझदारी र सहकार्यको संस्कार विकास गर्नु यसको मुख्य लक्ष्य रहेको सुप्रिया शाहीले बताईन् ।
अन्तर संवाद कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, महिला तथा युवाको भूमिका, सुशासन र कर्णाली–कालिकोटको दीर्घकालीन समृद्धिसँग सम्बन्धित विषयहरूमा गहन छलफल गरिने जनाइएको छ। प्राप्त सुझाव, धारणा र निष्कर्षलाई सम्बन्धित निकायसम्म पुर्‍याउने लक्ष्यसमेत राखिएको आयोजक पक्षले जानकारी दिएको छ।
कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मी, नागरिक समाज, राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण जिल्लावासीको सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेकाे छ ।
कालिकोट जिल्लाको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित “कालिकोट समृद्ध अन्तरसंवाद” कार्यक्रम आयोजना हुने भएको छ। सो कार्यक्रमका विषयमा जानकारी गराउन आज पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

कालिकाेट समृद्ध अन्तर संवाद कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन

अफगानिस्तानको गोलीबारीमा पाकिस्तानको प्रतिक्रिया : स्रोत

कालिकाेट समृद्ध अन्तर संवाद कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन

सम्पादकीय : सरकारी जग्गा तत्काल खाली गर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds