बाँके–२ मा प्रतिबद्धतापत्रको प्रतिस्पर्धा :  विकास, सुशासन र पूर्वाधारमा दलहरूका आ–आफ्नै एजेन्डा

बाँके, ८ फागुन । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारी दिएका प्रमुख राजनीतिक दलहरूले धमाधम आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका छन् । विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रविधिमैत्री प्रशासन जस्ता मुद्दालाई केन्द्रमा राख्दै दलहरूले मतदातामाझ आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन् ।

यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् भने नेपाली कांग्रेस बाँकेले दुई दिनपछि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विकास केन्द्रित एजेन्डा

बाँके क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले उद्योग, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद् न्यूनीकरण, वातावरण संरक्षण र सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राख्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उनले स्थानीय सरकारसँग सहकार्य गर्दै साझा नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गर्नुभएको छ। भेरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने, सीमावर्ती व्यापार र भन्सार व्यवस्थापनलाई सुदृढ बनाउने, खुला सीमाबाट उत्पन्न चुनौती समाधानका लागि सङ्घीय तहमा नीतिगत पहल गर्ने प्रतिबद्धता जनाइएको छ । त्यसैगरी शिक्षाको गुणस्तर सुधारका लागि दीर्घकालीन गुरुयोजना निर्माण, आकाशे पुल निर्माण तथा शहरी पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ ।

एमाले उम्मेदवार राईको पूर्वाधार र कूटनीतिक पहल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा पूर्वाधार तथा सहरी विकासदेखि रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि अनुसन्धान, सामाजिक सुरक्षा, धर्म–संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकाससम्मका विविध  शिर्षक समेटिएका छन् ।

राईले आधुनिक क्रिकेट रंगशाला निर्माण, नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि कूटनीतिक पहल, नेपालगञ्ज चक्रपथ निर्माण, डुडुवामा बाढी तथा डुबान रोक्न तटबन्ध निर्माण, राप्ती नदीको पानी नेपालगञ्ज ल्याएर दीर्घकालीन खानेपानी व्यवस्था गर्ने तथा आकाशे पुल निर्माण गर्ने जस्ता ठूला पूर्वाधार योजनालाई प्राथमिकतामा राखेका छन् । उनको प्रतिबद्धताले क्षेत्रीय आर्थिक गतिविधि विस्तार, पर्यटन प्रवद्र्धन र धार्मिक सद्भावसहित सामाजिक एकता सुदृढ गर्ने लक्ष्यसमेत अघि सारेको छ ।

नेकपाका युवा उम्मेदवार विष्टको ‘भ्रष्टाचार शून्य’ अभियान

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट युवा उम्मेदवार दीपेन्द्र विष्टले १४ शीर्षकमा आधारित छ पृष्ठ लामो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धताको मूल आत्मा ‘भ्रष्टाचार शून्य बाँके–२’ अभियान रहेको उल्लेख गरिएको छ ।

विष्टले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, प्रविधिमा आधारित पारदर्शी प्रणाली लागू गर्ने, डिजिटल उजुरी प्रणाली सञ्चालन गर्ने तथा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तत्काल निलम्बन गरी कानुनी कारबाही अघि बढाउने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नेपालगञ्जलाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । नागरिकका दैनिक सेवा—सिफारिस, कर भुक्तानी लगायतका सरकारी काम अनलाइनमार्फत उपलब्ध गराउने, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने व्यवस्था मिलाउने तथा फाइलको अवस्थासमेत नागरिकले अनलाइनबाटै हेर्न सक्ने प्रणाली लागू गर्ने योजना अघि सारिएको छ ।

युवा उद्यमीसमेत रहेका विष्ट ‘आइक्यास’ नामक डिजिटल पे कम्पनीका सञ्चालक हुन । उनको प्रतिबद्धतामा युवा रोजगारी तथा उद्यमशीलता प्रवद्र्धन, पर्यटन र अर्थतन्त्र सुदृढीकरण, बाढी जोखिम व्यवस्थापन, कृषि आधुनिकीकरण तथा उद्योग–व्यापारिक हब विकासजस्ता विषयलाई पनि समेटिएको छ ।

कांग्रेसको प्रतिबद्धतापत्र प्रतीक्षामा

यसैबीच नेपाली कांग्रेस बाँकेले आफ्नो प्रतिबद्धतापत्र दुई दिनपछि सार्वजनिक गर्ने जनाएको छ । बाँके–२ मा प्रमुख दलबीच विकासका एजेन्डा, सुशासनको प्रतिबद्धता र ठूला पूर्वाधार योजनाको प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा मतदाताले अब प्रतिबद्धतापत्रमा उल्लेखित योजनाको व्यवहारिकता, कार्यान्वयन क्षमतासहित उम्मेदवारको विश्वसनीयतालाई आधार मानेर निर्णय गर्ने अपेक्षा गरिएको छ ।

बाँके–२ मा प्रतिबद्धतापत्रको प्रतिस्पर्धा :   विकास, सुशासन र पूर्वाधारमा दलहरूका आ–आफ्नै एजेन्डा

रास्वपाले कर्णालीबाट ‘वाचा पत्र’  सार्वजनिक गरेर दिन

बाँके–२ मा प्रतिबद्धतापत्रको प्रतिस्पर्धा :   विकास, सुशासन र पूर्वाधारमा दलहरूका आ–आफ्नै एजेन्डा

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *