बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

सुर्खेत, ४ फागुन । 

जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याइए पनि ज्यान बचाउन नसकिएको बताए ।

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

एम्बुलेन्सको भाडा बढेपछि स्थानीयको विरोध

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो,

Leave a comment

Your email address will not be published. Required fields are marked *