ब्राउन सुगरसहित पक्राउ

बर्दिया ,२६ माघ।

प्रहरीले ब्राउन सुगरसहित युवालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ रानीपुरस्थित सीमा नाकाबाट भारतबाट आउँदै गरेका पैदलयात्रीलाई जाच गर्दा उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रबहादुर मल्लले पक्राउ पर्नेमा बासगढी नगरपालिका–४ मटेरियाका २७ वर्षीय कालीराम थारुलाई शंका लागि जाच गर्दा ३ सय ४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको जनाउनुभयो ।
कालीराम थारुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, मैनापोखरमा राखि अनुसन्धान भइरहेको डीएसपी मल्लले बताउनुभयो ।

ब्राउन सुगरसहित पक्राउ

निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ

ब्राउन सुगरसहित पक्राउ

कर्णालीमा उर्जाको लगानी बढ्दै: ३२८ मेगावाटको भारबुङ

Leave a comment

Your email address will not be published. Required fields are marked *