शिवालयको वडा कार्यालयसँगै बग्यो खेतबारी

सुर्खेत, ३ भदौं ।
मंगलबार राति अविरल वर्षासँगै आएको बाढीले जाजरकोटमा वडा कार्यालय बगाएको छ । जिल्लाको शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको आधा भाग बाढीले बगाइदिएको छ । जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको ६ नम्बर वडा कार्यालयको भवन बगाएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार कार्यालय नजिकै रहेको जाँत खोलाको ट्रस ब्रिज पनि बगाएको छ । क्षतिबारे यकिन तथ्यांक नआएको अध्यक्ष शाहीले बताए। ‘राति आएको बाढीले वडा कार्यालय, पुल र खेतीयोग्य जमिन बगाएको मोटामोटी खबर आएको छ, टेलिफोनले काम नगर्दा यकिन जानकारी आएको छैन,’ उनले भने । वडा नम्बर ६ का अध्यक्ष भक्त बहादुर थापाका अनुसार दर्जनौं पशुचौपाया बाढीले बगाएको छ ।

उनका अनुसार वडा नम्बर ६ भित्रै पर्ने लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्त गाउँका डेढ सयभन्दा धेरै घरहरू जोखिममा छन् । २८ वटा घर तत्कालै सार्नुपर्ने स्थिति रहेको अध्यक्ष थापाले बताए । ‘केही घर त चर्किएका पनि छन्, तत्कालका लागि २८ वटा घर सार्नैपर्ने अवस्था छ,’ वडा अध्यक्ष थापाले भने, ‘सयौं बिगाहा खेत बगरमा परिणत भएको छ, दर्जनौं घट्ट समेत बगेका छन् ।’

शिवालयको वडा कार्यालयसँगै बग्यो खेतबारी

नेकपा (एमाले) दल दर्ता, नेकपामा फेरि शंका

शिवालयको वडा कार्यालयसँगै बग्यो खेतबारी

सैनिक सम्मानदेखि रारा पुग्दा राष्ट्रकवि घिमिरेको त्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *