सल्यान पश्चिममा युवाहरुद्वारा यात्रु प्रतीक्षालय निर्माण
दुर्गा विसि
सल्यान ,१७ माघ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ काे डुडाखाेलाको कुवा खाेला नजिकै यात्री प्रतीक्षालय निर्माण गरिएको छ।स्वदेश तथा विदेशमा रहने युवा समुहको जनश्रमदान तथा आर्थिक सहयोगमा प्रतीक्षालय निर्माणकार्य सम्पन्न भएको छ ।
युवा मानवहादुर विसिले दिएको जानकारी अनुसार विदेश तथा नेपालमा रहने युवाहरुकाे समुहले करिव १ लाख ५० हजार वरावरकाे आर्थिक सहयोगमा साे यात्रु प्रतीक्षालयको काम सम्पन्न भइ विधिवत् रुपमा आज उद्घाटन गरिएको छ ।९२ वर्षिया जेष्ट नागरिक टाेपवहादुर वुढा, वडा अध्यक्ष गणेश विसिले संयुक्त रुपमा रिवन काटेर प्रतीक्षालयको उद्घाटन गरेको जनाएको छ ।यात्रु,विद्यार्थी र स्थानीयका लागि साे प्रतीक्षालय फलदायी हुने उदेश्य निर्माण गरिएको जनाएको छ ।

