क्यान्सर पिडित निकिता पुनलाई सहयोग

दुर्गा विसी
सल्लीबजार, २ भदौं ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका–१, देवस्थल निवासी क्यान्सर पिडित निकिता पुन अहिले सिभिल हस्पिटल काठमाडौ उपचारथ हुनुहुन्छ । आर्थिक अभावमा उपचारमा समस्या समेत उत्पन्न भएको बुबा ठगे पुनले जानकारी दिनुभएको छ ।
भारतको अहमतावादमा उपचार सहयोग रकम संकलनमा बनगाड कुपिण्डे नगरपालिकाका मजदुरीकै लागि त्यहाँ पुगेका छिमेकीहरु केही दिनदेखि दौडधुपमै रहेको खबर आएको थियो । तर केही दिनभित्रै सहयोगार्थ उठेको १ लाख ७० हजार रुपैयाँ मंगलबार निकिताको खातामा जम्मा गरिएको छ ।
त्यहाँस्थित भलिबल खेलाडी रविन गोसाइको नेतृत्वमा नन्द सिंह विक, डिल्ली वुढा, गंगाराम खत्री, विनोद वुढा, खुमबहादुर खड्का, अमर पुन र धनसिं बोहरा लगायतको टिम केहि दिनदेखि खटिएर जम्मा भएको रकम मंगलबार विरामीको खातामा जम्मा भएको छ ।
साथै भारत, नेपाल र अन्य देशहरुबाट समेत निकिता बचाउ अभियानमा नेपालीहरुले सहयोग गरिरहेको खबर छ । अझै समेत उपचारमा थप रकम लाग्ने भएकोले सिधै लक्ष्मी वैंक खाता नम्बर ०६९२०००४४६३ जम्मा गर्नु सक्नुहुने छ भने थप जानकारी लिन ९८४९७६९८५० मा सम्पर्क राख्न अनुरोध गरिएको छ । सहयोगका लागि बाबु ठगे पुनले सबैलाई अनुरोध गर्नु भएको छ ।






