सल्यानमा अन्य पार्टी टर्च लाएर खोज्नुपर्ने उद्घोष

दुर्गा विसी
सल्लीबजार, २ भदौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छत्रेश्वरी गाउंँ कमिटिको पूर्ण बैठक अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको छ । छत्रेश्वरी वडा नं. ६ लान्तीमा कार्यक्रम भएको थियोे । कार्यक्रममा अतिथिहरु नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सह–इन्चार्ज गुलाव जंग शाह, प्रदेश कमिटी सदस्यहरु हरि केसी,न ेव बहादुर कवंँर, जिल्ला कमिटी सदस्यहरु ज्ञान बहादुर खडका, राधा शर्मा, शारदा परियार, हिमाल यात्री, गणेश भारती, कर्णाली प्रदेश परिषद सदस्यहरु गोविन्द केसी, बुद्धा केसी, टोप बहादुर चन्द लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातीमा नेकपा छत्रेश्वरी वडा नं. १ का वडा अध्यक्ष टिकाराम खत्रीले रिपोर्टिङ गर्नु भएको थियो ।

नेकपा २ नं. वडा अध्यक्ष प्रेम ब नेपाली, ३ नं.वडा अध्यक्ष नेत्र ब पुन, ४ नं. नेव बहादुर खडका, ५ नं. वडा अध्यक्ष डुम बहादुर खत्री, ६ नं. वडा अध्यक्ष राम महतरा, ७ नं. वडा अध्यक्ष ईश्वरी बहादुर राना, ५ नं. वडा अध्यक्ष लिलाधर घर्ती, कर्णाली प्रदेश परिषद सदस्यहरु बुद्धा केसी,गोविन्द केसी,टोप बहादुर चन्द,जिल्ला कमेटि सदस्यहरु गणेश भारती ,शारदा परियार ,हिमाल यात्री,ज्ञान बहादुर खडकाले छत्रेश्वरी भित्र भए गरेका पार्टीका कामकारर्वाहीका विषयमा रिपोर्टिङ गर्नु भएको थियो ।
त्यसैगरी रिपोर्टिङबाट उठेका विषयबस्तुमा प्रदेश कमिटी सदस्य हरि केसी, नेव बहादुर कवर, केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सह–इन्चार्ज गुलाव जंग शाह र केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज बस्नेतले आफ्नो धारण र निर्देशन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेता शाहले छत्रेश्वरी गाउंँकमिटिलाई दिएको जिम्मेवारी पुरा गरेकोमा छत्रेश्वरी गाउंँ कमिटी तथा ७ वटै वडामा बनेका कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियोे । छत्रेश्वरी गाउँपालिका नेकपाको किल्लाको रुपमा विकास गराउनसमेत आग्रह गर्नुभएको छ । तल्लो स्तरसम्म टोल कमिटी हँुदै सेल कमिटिसम्म निर्माण गरेर पाटीका गतिविधिहरुलाई हामी जो जहाँ छौ तेहाबाट जिम्मेवारी पूरा गरेर पाटीका गतिविधिमा सकृयपुर्वक लाग्न आग्रह समेत आग्रह गरिएको छ ।

पाटी एकता भयो भनेर मख्ख नपरी बस्न अपिल गरिएको छ भने जन अपेक्षा अनुसार, जन भावना अनुसार काम गरेर जनताको मन जितेर आफ्नो मजबुतिकरण गर्न दुवै नेताले विशेष जोड गर्नु भएको छ । सल्यानमा स्थानीय ७ तह हाम्रा, प्रदेश हाम्रो सघ हाम्रो हुदा पनि जनताले किन गुनासो गर्छन ? कारण के हो ? यो नमिलेको कहाँ हो ? मिडियामा नेकपा छोडेर काग्रेस वा अन्य पाटीमा जाने गरेको कुरा सत्य हो भने अब यो विषयमा गहिरो समीक्षा गर्न जरुरी रहेको औंल्याएको छ । जनताका अपेक्षा ठुला छैनन विकास निकासको माग छ । अब यो कुरालाई ख्याल गरी व्यक्ति हैन सामुहिक,अल्पकालिन हैन दिर्घकालीन विकास निर्माणलाई जोड अनुरोधसमेत गरिएको छ ।

नेता शाहले सल्यानमा हामी मिलेर अगाडि बढ्यौं भने कांग्रेस वा अन्य पार्टी टर्च लायर खोज्नु पर्नु हुन्छ । विकास निर्माणको कुरालाई हेर्ने हो भने सल्यानमा हिजो पञ्चायत वा कांग्रेसको सरकार लामो समय चलेकै हो । खै त कहाँ भयो नमुना काम ? आज लामो समयको अन्तराल पछि नेकपाको दुइतिहाइ नजिकको सरकारले गरेको काम राष्ट्रिय स्तरका योजना भित्रिदैछन । यी नै उहाहरण हुन । आज नेकपाको सरकार आए पश्चात सल्यानमा विद्यालयको भौतिक निर्माण, सडक सञ्जाल, पुलपुलेसा, सिचाइ खानेपानी, विजुली बत्ती, पर्यटन प्रबद्र्धन लगाएतका काम तिब्र रुपमा हँुदै गएका छन् ।

नेकपाको नेतृत्वको सरकारले गरेका कामको सफल उदाहरण एक एक गरी गणनानै गर्न सकिन्छ । विकास देखेर कांग्रेस आत्तिएको छ । जनतालाई भ्रमित बनाउने काम गरेको छ । यो कुरालाई जनता सामु गएर चिरफार गर्न समेत आग्रह गरिएको छ । नेता बस्नेतले नेकपाको एकता भए पश्चात् कांग्रेस तंग्रिएको जनाउनु भयो ।केही प्राविधिक रुपका कमिटी गठनदेखि पार्टीका काम कारर्वाही अगाडि नबढ्दा कांग्रेस सल्बलाएको र अब छत्रेश्वरीमा पाटी कमिटीले पुर्णता पाएकोले कांग्रेसका लागि ठुलो खुराक भएको जनाउनु भयो । साथै पार्टीलाई गुटको झुण्ट नबनाई समग्र पाटीको रुपमा विकास गर्न आग्रह गर्नुगरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *