खानेपानी आयोजनाको संयुक्त अनुगमन
सुर्खेत, ५ माघ ।
खैरला र पिप्ले खानेपानी तथा सरसफाई आयोजनाको संयुक्त अनुगमन गरिएको छ । एकीकृत जलस्रोत व्यस्थापन कार्यक्रम हेल्भेटास नेपाल र सल्यान जिल्ला कालिमाटी गाउँपालिकाको आर्थिक साझेदारी तथा सुन्दर नेपाल संस्थाको प्राविधिक र सामाजिक सहजिकरणमा खानेपानी आयोजना सञ्चालन गरिएको छ ।

कालिमाटी गाउँपालिकाका उपाध्यक्ष संसिल्ता ओली (डि.सि), योजना शाखा प्रमुख जयराम घर्ती, लेखा अधिकृत एकलाल राना, प्राविधिक शाखा प्रमुख प्रेम चन्द, फोकल पर्सन सन्तोष सिंह र प्रशासन सहायक कुलमान वलीको सँयुक्त अनुगमन टोलीले दुवै योजनाको मुख्य तथा शाखा पाईप लाईन र स्थानीय तथा वाह्रय निर्माण समाग्री अनुगमन गरिएको थियो ।
साथै मापदण्ड अनुसार पाईप लाईन खनेकोमा उपभोक्ता समिति र उपभोक्तालाई धन्यवाद दिदै पाईप राखेर माटोले गहिरोसग पुर्न सल्लाह दिए ।









