नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा रोकाया निर्वाचित

काली बहादुर परियार
जुम्ला ,२६ पुस।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका गणेश बहादुर रोकाया निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको प्रादेशिक अधिवेशनबाट रोकाया सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।

कर्णाली प्रदेशका सातै जिल्लाबाट आएका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता बीच सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै महासंघको भावी कार्यदिशा तय गरेको छ ।

नव–निर्वाचित अध्यक्ष रोकाया लामो समय देखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय रहँदै आएका अनुभवी व्यवसायी हुन् । व्यवसायिक हकहित, नीति निर्माण र संगठन सुदृढीकरणमा उनको योगदानलाई उच्च मूल्याङ्कन गर्दै प्रतिनिधिहरूले नेतृत्वको जिम्मेवारी सुम्पिएको छ ।

अध्यक्षमा निर्वाचित भए पछि रोकायाले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण व्यवसायी प्रति आभार व्यक्त गर्दै कर्णाली प्रदेशका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूलाई एउटै छातामुनि संगठित गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायीका समस्या, चुनौती र सम्भावनालाई संस्थागत रूपमा सम्बोधन गर्दै महासंघलाई थप क्रियाशील बनाउने मेरो प्राथमिकता हुनेछ उनले भने ।

उनले कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुस्तक तथा शैक्षिक सामग्रीको सहज पहुँच, व्यवसायीको पेशागत सुरक्षा, कर तथा नीतिगत समस्यामा समन्वय, र युवा व्यवसायीलाई आकर्षित गर्ने कार्यक्रम अगाडि बढाइने बताए ।

साथै, डिजिटल प्रविधिको प्रयोग, बजार विस्तार र गुणस्तरीय सेवा प्रवाहमा महासंघले विशेष ध्यान दिने पनि उनको भनाइ रहेकाे छ । अधिवेशनले अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको छ

यस्तै उपाध्यक्षमा रिम बहादुर देबकोटा रुकुम पश्चिम,
उपाध्यक्षमा दिल बहादुर बुढाथोकी सल्यान, सचिबमा चेतन कडेल सुर्खेत, कोषाध्यक्षमा राजकुमार सिजापति सुर्खेत,
सहसचिबमा बिरेन्द्र कुमार वलि सल्यान, सदस्य रामकृष्ण रावल सुर्खेत लगाएतका पदाधिकारी चयन भएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा रोकाया निर्वाचित

सम्पादकीय :  कांग्रेसमा महाधिवेशनको किचलो 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds