घुयँत्राे:भोट बक्स नेपालमा, चुनावी ब्रिफिङ भारतमा !

याे चुनाबका मुखाँ हस्याङ र फस्याङ गर्दै नेतारु किन भारत पुग्या हाेलान । हैन यीनरु भारतका दाशनै हुनकि क्या । चुनाबनि भारतै आएर जिताई दिनृ हाे कि क्या? तराईमा उमेदबार बन्ने भएत ठिक मलाई चुनाब जित्न के हुल मान्छे पठाईद्या हाे भन्नू ! उमेदबार हुने बेलाँ पहाडकाे कुना कन्दरा कालिकोट र गाेर्खा राेज्ने अनि वाेडरका निर्वाचन क्षेत्राँ झैँ गरि सघाईदिन पर्ला भनेर गा त हाेलान । बावुराम हुन कि प्रचण्ड सै भारतकै जुठाेकाट्टाे खा त हुन त । सबैलाई थाछ यी दुईटै माओवादि भारतका टट्टु हुन भन्ने त अनि फेरि घरिघरि गाेडामुन्टा पर्न भारततिरै लम्किन पराे । नेपालबाटै भारततिर फर्केर मुख आँ गर्दे त माेदिले कुरा बुझि हाल्थे नि हैन र ? कतै प्रचण्ड यी जेनजीहरुसित डराएर अब हामी बुढाहरुलाई हुन देलानजस्ताे छैन केई उपाए गर्दिन पराे भनेर बुढाकाे आशिर्वाद पाे लिन गा हुन कि के था ! काँ गए के गरे जनतालाई जानकारी दिने भएपाे था हुन्याे राम्रो काम गरेकि नराम्रो ? गाेर्खालि बहादुर भट्टराईले त राजा आउन दिन्नम भनेर आएछन यसाे पत्रिकाँ उनकाे भनाई पढदा था पाईयाे तर प्रचण्डले के भनेर आए भन्ने त हाम्रा सुलसुले पत्रकारहरलेनि था पाएनछन । भनेछि प्रचण्ड र डाेभालकाे वार्ता त बेस्सरि गाेप्यपाे रयाे त ! हुन त प्रचण्ड पेटाँ कुरा धेरै राख्न सक्दैनन जतिनै गाेप्य राख्छु भनेनि २/४ दिन पछि त पक्कै ओकल्लाननि अनि बल्ल गरम्ला बहस । बाबू राम र प्रचण्ड त भारतमै खाईखेलि हुर्केका अनि भारतकै आशिर्वादाँ माओवादिलाई सदन र सत्ताँ पुगेका त्यै भएर आफ्नो मालिककाे मायाँ लाग्याे गए ।तर यी बडि महारानी आर्जु राणा न कैल्यै भारत बसिन न भारत पढिन न भारतीयहरुसित हेलमेल छ न यीनका बुढा भारत परस्त हुन ! न यीनका बुढा प्रधानमन्त्री हुँदा न बन्दा कैल्यै भारतले सहयाेग गर्या हुन्छ तर यिनी किन भारत गै हाेलिन के । गएकाे पटक विदेश मन्त्री हुँदा १/२ पटक भारत आउने जाने गर्यैथिन त्यत्तिकाे आधाराँ आउने चुनाबा मलाई प्रधानमन्त्री बनाई देउ भन्न गा कि हुन त ! याेपटक त यिनी जाँट उठेनि न जनताले भाेटदिने न प्रधानमन्त्री हुने ।
बरु लाेग्नेले समानुपातिक सम्मकाे टिकट दउन सक्छन तर के गर्नु समानुपातिकलाई देशकाे संविधानले नै प्रधानमन्त्री हुन दिन्न कि त संविधान नि संसाेधन गराईदेउ चुनाबनि जिताईदेउ भन्नू पर्याे । हुन पनि याे पटक आर्जु केई बन्न सकिनन भने त बुढानि रिटायर भै जनने देशकाे सत्तानि जेनजीहरले लैजाने र आँफुलाई शरणार्थी काण्डाँ घिसार्दै जेल चलानगरे भनेत बर्वादै छनि हैन र? त्यसै त जेनजीहरले घरकाे गाेदामभित्र लुकाका अरबाैँकाे रकम काेई लगेर काेई जलेर बर्वाद भएछि जलेकाे जति रुपैयाँ, हैन त्याे डढेकाे नाेटकाे थुप्रो पत्रकारहरले नक्कलि बनाएर सामाजिक सनजालाँ हाल्याहुन हाम्राे रुप्पियाँ हैन भनेर विज्ञप्ति जारी गर्दै र पाटिका नेताहरलाई भाषण गराउन लगाउँदै हैरान भैगाे । ऐले फेरि काँ भारतीय मान्छे शीत ३ कराेड लिएर समानुपातिककाे टिकट दिए भन्ने हल्लाले सामाजिक सन्जाल भरियाछ । यी करतुतै कर्तुतका भारीहरलाई जनतालेनि कतिन्जेल बाेक्ने हुन कुन्नि । यिनरु जसरी भारतकाे शरणाँ जान्छन त्यस्तै गरि भारतले नि देश र जनतालागि चाईने कुराँ सहयाेग गरेनि हुन्थ्याेनि तर त्याे नेताहरकाे सुख्खा भारतीय दाैडले खालि तिनरलाई मात्रै फाईदा हुने हाे त देश र जनतालाइ हैन ! धन्न नेताहाे तिमरकाे जुनि ।!! तिमरलाई सत्वुध्दि कैले आउने हाेला ?






