युवा महिलाका लागि तीनदिने हरित फोटो–भिडियोग्राफी तालिम

बर्दिया, ८ पुस ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमी परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्वारामा तीनदिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको उद्देश्य वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा गुणस्तरीय फोटो र भिडियो निर्माण गर्ने सीप विकास गर्दै युवा महिलाहरूलाई सशक्त बनाउनु रहेको क्लबले जनाएको छ । साथै, स्थानीय तहमा देखिएका वातावरणीय समस्या र हरित पहलहरूलाई दस्तावेजीकरण गरी भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउने क्षमता अभिवृद्धि गर्नु पनि तालिमको लक्ष्य रहेको थियो ।
तालिमका क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले अनुगमन भ्रमण गरे । अनुगमनका क्रममा उहाँले सहभागी युवतीहरूलाई उत्साहित गर्दै तालिमले उनीहरूको व्यवसाय प्रवद्र्धन र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
तालिमको समापन सत्रमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर संजिता रिजालले सहजीकरण गर्नुभयो। सहभागी पूजा कुस्मा थारु र अस्मिता कुमारी चौधरीले तालिमपछि हरित फोटो तथा भिडियोग्राफीसम्बन्धी आफ्नो ज्ञान र सीपमा उल्लेखनीय वृद्धि भएको बताए ।
उनीहरूले सिकेका सीपहरू डिजिटल प्लेटफर्ममार्फत आफ्ना व्यवसायको प्रवद्र्धन तथा विस्तारमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी, अधिकांश सहभागीहरूले वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता विश्वव्यापी मुद्दामा जनचेतना अभिवृद्धि गर्न हरित दृश्य सामग्री उत्पादन गर्ने तथा प्रमाणमा आधारित सामग्रीमार्फत स्थानीय सरोकारवालालाई संलग्न गराउने प्रतिबद्धता जनाए ।
तालिम सुमित घिसिङले प्रदान गर्नुभएको थियो भने परियोजना प्रमुख राधेकृष्ण थारुले परियोजनाका उद्देश्यबारे जानकारी गराउँदै सिकेका सीपको अधिकतम उपयोग गर्न सहभागीहरूलाई आग्रह गरे । तालिमको व्यवस्थापनमा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कञ्चन दहितले सहकार्य गरेका थिए ।
युवा महिलाका लागि तीनदिने हरित फोटो–भिडियोग्राफी तालिम

‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै  

युवा महिलाका लागि तीनदिने हरित फोटो–भिडियोग्राफी तालिम

घुयँत्राे:“सदन होइन, सर्वोच्च बचाऊ अभियान : पालो–पालो

Leave a comment

Your email address will not be published. Required fields are marked *