घुयँत्राे:. “एमालेको राजनीति : भर्याङ चढ्न खोज्दा जागिर चट, मधेसमा ‘ज्याक’ जाम!”

बिचारा मधेस प्रदेशकि प्रदेश प्रमुख, राम्रो गरेर ओलिलाई खुसी पार्छु भनेर लाग्दा उल्टै भड्खालाँ पाे जाक्किन त ! अर्कालाई भर्याङ लाउन खाेज्दा आफ्नै जागिर चट गराउन पुगेकि सुमित्रा भण्डारीकै कारण मधेसाँ एमालेकाे सरकार बनाउँदा नत मधेसाँ शान्ति भाे न ओलिलाई गुन भाे । बरु उल्टै मधेशका सभामुखले समेत सदनाँ २ तिहाईबाट पद गुमाउनु पर्याे । कानुन विपरित एमालेकाे सांसदलाई मुख्यमन्त्री बनाकाे भनेर ताेडफाेड आगजनि र दलहरुकाे आन्दोलन मात्रै चलेनकि मुख्यमन्त्री विरुद्ध अदालताँ समेत मुद्दा परेर विचरा मुख्यमन्त्री समेत तनाबाँ छन । मधेसकाे यै तनाब र एमाल्या मिचाहा प्रवृतिले बाराकाे सिमराँ फेरि अर्को घटना घट्याे । बुधबार मात्रै मधेस प्रदेशका नामाँ बाराकाे परवानी पुराँ एमालेकाे प्रदेशस्तरीय सरकार विराेधि कार्यक्रममाँ सम्बाेधन गर्न जानला एमाले महासचिव शंकर पाेखरेल र उनकै पछिपछि लाएर गाकाे महेश बस्नेतलाई मधेस छिर्न नदिने कार्यक्रम जेनजीले राखेछि सिमरा एअरपाेटाँ तनाबै भाे । घटनाकाे गम्भीरतालाई हेर्दा महासचिवै बारा जान पाएनन । महेस बस्नेतले जेनजीहरुप्रति दिने गरेकाे धम्की र सिमरा एअरपाेटाँ एमालेका कार्यकर्ता र जेनजीहरुबीच हानाहान भएछि विगतकाे घटनालाई सम्झेर पनप बुध्द एअरले दलका नेता बाेक्दा ब्यहाेर्नु पर्ने क्षतिकाे आँकलन गरेर काठमाडौंबाट जहाज सिमरा नलगे पछि स्थिति खासै तनाबपूर्ण हुनबाट बच्याे ।
यद्यपि एमालेका कार्यकर्ताहरुले जेनजी नेतालाई मरणासन्न हुने गरि कुटेका छन । विमानस्थलमा ताेडफाेड भएछि सिडियाेले झगडा र विवाद बढन नदिन कर्फु लगाएका कारण सिमरा ताेडफाेड र आगजनि हुनबाट बचेकाे छ । एमालेका नेता केपि ओलिलाई कार्वाहिकाे माग राखेर सामाजिक सञ्जालाँ दिनहुँ न्युज आउन थालेपछि अताल्लिएका अध्यक्ष ओलि छानविन आयाेग नमान्ने र बयानमा उपस्थित नहुने तथा चुनाब बहिष्कार गर्ने कुरा गर्दै आफ्ना कार्यकर्ता उचाल्ने र भडकाउने खेलमा लागेछि एमालेहरु सरकार र जेनजी विरुद्ध खुलेर लागेकाछन । त्यहि कारण पनि महेश बस्नेत दैनिक केही न केही निहु खाेजेर सन्जालमा छाएका हुन्छन यसले पनि जेनजीलाई असहैय भईरहेकाेछ भने जेनजी आन्दोलन पछि कार्वाहिकाे माग गरेका ३ दलका अध्यक्ष विरुद्ध कुनै कार्वाहिनै नहुँदापनि जेनजीहरु अहिले उनिहरुविरुध्द क्रुद्ध छन । एमाले आँफै देशकाे ठूलाे पाटि भएकाे र उसकै सरकार हुँदा आन्दोलन सफल भएकाेले पनि हत्या आतंक र ताेडफाेडकाे जिम्मेवारी लिनु पर्ने माग जेनजीहरुले गरि रहँदा तत्कालीन प्रधानमन्त्री केपि ओलिले नै याे आन्दोलनलाई आन्दोलन नमान्ने अभिव्यक्ति दिँदै आफ्नाे अहंकारबाट निमेष मात्रपनि तल नझरे पछि वर्तमानमा जेनजी र एमालेवीच ठूलाे टकराव सृजना भएकाेछ । यस्ताे बेला देशलाई शान्तिपूर्ण अबस्थामा लैजानभूमिका खेल्नु पर्ने ठाउँमा ओलिले झन गएकाे २९ गते देशैभर आन्दोलनविरुध्द र्यालि जुलुस र आमसभा गरि जेनजी र सरकारका विरुद्ध कुनै कसर बाँकी नरहने गरि गालि गरेपछि दुबैबीच सितयुध्दकाे स्थिति बनेकाेछ । एमालेका पछि लागेर तराईमा प्रदेश प्रमुखले वितण्डा मच्चाउने अनि राजधानीमा स्वयं पाटि अध्यक्ष ओलि र ओलिकै निर्देशनमा महेश बस्नेत जस्ता व्यक्तिहरुले जेनजीहरुलाई जिस्क्याइ रहने अबस्था आउने र सरकार पनि शान्तिपूर्ण अबस्थालाई खलल पार्ने खालका व्यवहार गर्ने ब्यक्तिलाई केही नगरि यसका गतिविधिलाईनै झन समर्थन गर्दै जाने हाे भने ढिलाृ चाँडाे विस्फोट अबस्य हुन्छ ।
त्यसैले सरकारले चुनाब गराउनै चाहेकाे हाे भने शान्ति भङ्ग हुने खालका काम गर्न कसैलाई पनि दिईनु हुँदैन । चुनाब बहिष्कारकाे नारालिएर हिँडेकाे एमाले र देशकाे सबैभन्दा ठूलाे पाटि एमालेले चुनाबमा भाग लियन भने चुनाब हुनै सक्दैन ।त्यसैले चुनाब गराउने भनेर चुनाबका लागि कराडाैँ रकम खर्च गरि सकेकाे अबस्था अशान्त हुने वातावरण कतैबाट नबनाम् । बरु चुनाबमा जान्न भन्ने ओलिलाई समयमै चुनाबि बाटाेमा हिँडाउन सकिएन भने चुनाब हुँदैन जस्ले गर्दा आन्दोलन असफलतातिर जान्छ त्यसैले सरकार बेलैमा बुध्दि पुर्याम । एमालेका महेश बस्नेतलाई साँढे छाेडेझैँ नछाेडम् । जनता बस्नेतका पक्षमा छैनन ।




