गाउँपालिकाको रकम लेखापालको श्रीमती र भतिजाको खातामा

रुकुमपश्चिम, २१ साउन ।
त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको नाममा जम्मा गरेको पाइएको छ । उनले श्रीमती विर्मा र दाइका छोरा सुवासको नाममा झन्डै २५ लाख रुपैयाँ जम्मा गरेको खुलेको हो । केसीले आफ्नो नाममा आठ लाख र विर्माको नाममा फरकफरक मितिमा आठ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको पाइएको छ ।

उनले गाउँपालिकाको लेखा सहयोगीको रुपमा कार्यरत भतिजा सुवासको खातामा तलव शीर्षकमा सात लाख ९१ हजार रकम जम्मा गरेका हुन् । घटनाबारे थाहा पाएपछि कार्यपालिकाले गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट खड्का तथा केही वडाध्यक्षहरु रहेको छानबिन कार्यदल बनाएर अध्ययन थालेको छ ।

गाउँपालिकाको रकम लेखापालको श्रीमती र भतिजाको खातामा

सुर्खेतमा मजदुरको कसकाे कति बढ्यो दैनिक ज्याला

गाउँपालिकाको रकम लेखापालको श्रीमती र भतिजाको खातामा

मन्त्री आफै गाउँमा पुगेर चेक हस्तान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds