पातारासीमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

गाेल्डेन बुढा

जुम्ला,१० कार्तिक ।

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले बताए । उनका अनुसार आइतबार राति करिब साढे १० बजेको समयमा आफ्नै घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा महतारालाई करेन्ट लागेको थियोे ।करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उनका मित नाता पर्ने गणेश बुढाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए । प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक महाताराले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

पातारासीमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

छठ पर्वले समानता र एकताको सन्देश बोकेको

पातारासीमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

आगजनी र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds