डिल स्मृति पत्रकारिता पुरस्कार स्थापनार्थ संसदीय मामिलाले अक्षय कोष स्थापना गर्ने

सुर्खेत, १३ साउन ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको पहिलो साधारण सभाले संस्थाका संस्थापक सचिव स्वर्गिय डिल प्रसाद शर्माको नाममा अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा बसेको उक्त साधारण सभाले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’ विततरण्ण गर्न दुइ लाख रुपैंयाको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको संस्थाका सचिव सिता कुमारी वलीले जानकारी दिईन । ‘२०७६ साल कार्तिक २८ गते बोनम्यारो रोगबाट मृत्यूवरण गर्न पुगेका संस्थापक सचिव ज्यूको सम्झनामा संसदीय विटमा पत्रकारिता गर्ने दुइ जनालाई पुरस्कार विततरण गर्ने योजनाका साथ हामीले यो अक्षय कोष स्थापना गर्ने निर्णय गरेका हौं ।’ उनले भनिन, ‘त्यसकालागि सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्न, अक्षय कोष स्थापना गर्न, संचालन गर्न र व्यवस्थापन गर्न उपाध्यक्ष देव बहादुर रानाको संयोजकत्वमा एक समिति निर्माण गरेका छौं ।’

उनका अनुसार बैठकले साधारण सभामार्फत समितिलाई पूर्णता दिएको छ । अध्यक्षमा शेरबहादुर थापालाई निरन्तरता दिइएको छ भने उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सिता कुमारी वली, सहसचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यहरुमा यसकुमार चपाई, सिता आचार्य, बसन्त भण्डारी र रमा केसी निर्विरोध चयन भएका छन् ।

सभामुख शाहीद्धारा बधाई

नवनिर्वाचित समितिलाई कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बधाई दिएका छन् । ‘कर्णालीको इतिहासमा संसदीय व्यवस्था नितान्त नौलो हो । यो व्यवस्थालाई बलियो बनाउन र जनताको सर्वाेच्चता कायम गराउन यो समाज सफल हुने विश्वास व्यक्त गर्दछु ।’ सभामुख शाहीले भने, ‘विगतको भन्दा यो संस्था बलियो बनेको देख्दा खुशी लागेको छ । संस्थालाई बलियो बनाउन प्रदेश सभाकोतर्फबाट सहयोग गर्न हामी तयार छौं ।’ स्वतन्त्र भएर व्यवस्थाको पक्षमा कलम चलाउन संसदीय मामिला पत्रकार समाजका सदस्यहरु सफल हुने कुरामा प्रदेश सभा विश्वस्त रहेको उनको भनाई थियो ।

संस्थाका अध्यक्ष थापाले कर्णालीको संसदीय पत्रकारिताका एक अब्बल पत्रकार शर्मालाई गुमाउँदा अपुरणीय क्षति पुगेको बताउँदै संसदीय पत्रकारितालाई विट पत्रकारिताका रुपमा विकास गर्न अक्षय कोष निर्माण गर्न लागिएको बताए । ‘हामीलाई कर्णालीका सरकारी, गैरसरकारी र नीजि क्षेत्रले उक्त अक्षय कोष स्थापना गर्नको लागि सहयोग गर्नुहुने विश्वास लागेको छ ।’ उनले भने, ‘यसकालागि आवश्यक आर्थिक सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछु ।

डिल स्मृति पत्रकारिता पुरस्कार स्थापनार्थ संसदीय मामिलाले अक्षय कोष स्थापना गर्ने

पहिरोमा परी २ जना बेपत्ता

डिल स्मृति पत्रकारिता पुरस्कार स्थापनार्थ संसदीय मामिलाले अक्षय कोष स्थापना गर्ने

सुनको मुल्य तोलाको ९८ हजार नाघ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *