कर्णाली प्राविधिक शिक्षालय: उम्मेदवारकाे चुनावी बाचा मात्र

गाेल्डेन बुढा

जुम्ला,९ फाल्गुन ।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरुले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने संकल्प गरेका छन् । केहीले बाचापत्र, केहीले प्रतिज्ञा पत्र त केहीले संकल्प पत्र निकालेर कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति गरेर विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएका हुन् ।एमाले जुम्ला उम्मेदवार शान्तिलाल महतले बाचापत्र निकालेर ३ नम्बर बुँदामा कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालय बनाउन प्राथमिकता दिने उल्लेख गरेको छ । नेपाली कांग्रेस जुम्लाका उम्मेदवार दिपबहादुर शाहीले प्रतिज्ञापत्रको २ नम्बरमा शिक्षालयलाई प्राविधिक विश्वविद्यालय बनाउने संकल्प गरेको छ ।यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषी धितालले पनि संकल्प पत्र निकालेर कर्णाली प्राविधिक शिक्षालय सुधारको ठोस योजना बनाउने जनाएका छन् । २०३७ सालमा स्थापना भएको प्राविधिक शिक्षालयको जीर्ण भवन मर्मत गर्ने, पठनपाठन व्यवस्थित बनाउने र कोठा थप गर्ने विषय प्राथमिकतामा नपरे पनि अहिले शिक्षालयलाई विश्वविद्यालय बनाउने आश्वासन दिएर उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् । ‘चार दशकसम्म कसैले ध्यान दिएनन्,’ स्थानीय नन्दबहादुर खत्रीले भने, ‘अहिले चुनावताका गरेका बाचाले सार्थकता पाउलान् भन्ने विश्वास लागिरहेको छैन ।’अहिले शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाको भरमा चलेको छ । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढिरहेको देखिन्छ । तर स्तरोन्नति हुन नसकिरहेको शिक्षालयलाई विश्वविद्यालय बनाउने उम्मेदवारको आश्वासनले मतदाताको मन जित्न सकिरहेको छैन ।

२०६४ को संविधानसभादेखि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको नजरमा यो शिक्षालय परेको देखिदैन्। नागरिक समाजका अध्यक्ष राजबहादुर महतले राज्यको स्रोतसाधनले नधान्ने विश्वविद्यालय बनाउने कुरा एजेण्डामै सीमित हुने बताउँछन् । ‘विश्वविद्यालय बनाउने विषय उम्मेदवारको काबुमै छैन । उनीहरुले पहल गर्दा पनि नहुने विषय हो,’ उनले भने, ‘शिक्षालयमा हाल पर्याप्त पूर्वाधार छैन । दलहरु विश्वविद्यालय बनाउने बाचा गरिरहेका छन् । यही शिक्षालय स्तरोन्नति हुनेमा शंका छ । पूरा गर्न नसकिने एजेण्डाले मतदातको मन जित्न सक्दैनन् ।’शिक्षालयले स्थापना कालदेखि हालसम्म करिब ७ हजार दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ। तीमध्ये करिब ६० प्रतिशत विद्यार्थी कर्णालीमै कार्यरत छन् ।भने बाँकी अन्यत्र रोजगारीमा छन्। शिक्षालयबाट स्नातक भएका केही व्यक्ति सांसद तथा मन्त्री समेत बनेका छन्। झण्डै ४ हजार दक्ष जनशक्तिले राज्यका विभिन्न ओहोदामा रहेर काम गरिरहेका छन् ।तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन चलिरहेको छ । चुहिने छानाभित्रै छात्राबास चलेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–३ मा फैलिएको ६ सय ५ रोपनी क्षेत्रफलमा हाल शिक्षालयमा ५८ वटा भवन छन् । त्यसमध्ये अधिकांश भवन निकै पुराना जीर्ण अवस्थामा रहेका छन् ।भवन मर्मतका लागि बजेट व्यवस्थापन आवश्यक भएको शिक्षालय प्रमुख विकल अधिकारीले बताए । उनका अनुसार शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् । जसमा सिभिल तर्फ १ सय ३५ जना, फार्मेसी तर्फ १ सय १४, एजी प्लान्ट साईन्स तर्फ १ सय २८, फरेष्टी तर्फ ७५ र एचए तर्फ ३८ जना कुल ४ सय ९० विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख अधिकारीको भनाइ छ । शिक्षालयलाई विश्वविद्यालय बनाउने भन्दा पनि विपन्नका छोराछोरीले प्राविधिक शिक्षा आर्जन गर्न पाउने नीति, शिक्षालयको भौतिक संरचना सुधारमा ध्यान दिनुपर्ने जुम्लाबासीको माग छ । ‘शिक्षालयलाई विश्वविद्यालय बनाउने संकल्पहरु स्वागतयोग्य नै छन्,’ शिक्षालय प्रमुख अधिकारीले भने, ‘तर शिक्षालयका पुराना संरचना मर्मत गर्नुपर्ने अवस्था छ । सरकारी बजेटमा शिक्षालय प्राथमिकतामा परिरहेको छैन् । चुनावमा एजेण्डा बनाउने तर काम नहुने समस्या छ ।’ शिक्षालय सुधारमा सबैको सहयोग आवश्यक भएकाले ठूला सपना बाँड्नु भन्दा भएका पूर्वाधारको प्रयोग गर्ने माहोल बनाउन आवश्यक रहेको उनले बताए । स्थापनाकालमा शिक्षालय कर्णाली अञ्चलका पाँच जिल्ला तथा जाजरकोट, दैलेख, सुर्खेत, बझाङ र बाजुराका विद्यार्थीका लागि अध्ययनस्थल बनेको थियो।

हाल शिक्षालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० जिल्लामा फैलिएको छ।जुम्ला सदरमुकाबाट करिब ८ हजार वफट उचाईंमा रहेको छ।को मुख्य उद्देश्य कर्णाली क्षेत्र र समग्र मुलुकका लागि आवश्यक दक्ष प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्नु हो,नेपालको पहिलो आधुनिक प्राविधिक शिक्षालयको रूपमा, यसले ग्रामीण क्षेत्रमा आधुनिक प्रविधि र सीप हस्तान्तरण गरी रोजगारमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।दक्ष जनशक्ति उत्पादन: सिभिल इन्जिनियरिङ्ग, कृषि, फार्मेसी, र फरेस्ट्री जस्ता विषयमा प्राविधिक जनशक्ति उत्पादन गर्ने,व्यावहारिक सीप विकास: परम्परागत शिक्षा भन्दा फरक, व्यवहारिक र आधुनिक प्राविधिक ज्ञान प्रदान गर्ने,क्षेत्रीय विकास: पिछडिएको कर्णाली क्षेत्रमा शिक्षा र प्राविधिक ज्ञानको पहुँच पुर्‍याई स्थानीय विकासमा सहयोग गर्ने रआत्मनिर्भरता: स्वरोजगार सिर्जना गर्न र प्राविधिक सीपद्वारा आत्मनिर्भर हुन मद्दत गर्ने उदेश्य छ।

कर्णाली प्राविधिक शिक्षालय: उम्मेदवारकाे चुनावी बाचा मात्र

चुनाव नजिकिँदै जाँदा जुम्लामा घोषणापत्र र वाचापत्रको

कर्णाली प्राविधिक शिक्षालय: उम्मेदवारकाे चुनावी बाचा मात्र

कर्णाली प्राविधिक शिक्षालय: उम्मेदवारकाे चुनावी बाचा मात्र

Leave a comment

Your email address will not be published. Required fields are marked *