२०८२ फाल्गुन ५ गते
×

Now Playing

‘देशलाई निकास दिन  एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी छ’

सुुर्खेत, ५ फागुन ।

नेकपा एमालेका सचिव यामलाल कँडेलले देशलाई वर्तमान संकटबाट निकास दिन आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । सोमबार नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगर–१२, मा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसजस्ता स्थापित दलबिना देश अघि बढ्न नसक्ने दाबी गरे ।

‘हामी भोट मात्र माग्दैनौं, जनताको भरोसा गुम्न दिँदैनौं,’ उनले भने, ‘२०८४ मा हुनुपर्ने चुनाव फागुन २१ मा हुन लागेको छ, त्यसैले यो निर्वाचन विशेष महत्वको छ ।’ कँडेलले सिंहदरबार र देशका प्रमुख धरोहर जलाउने तथा सहकारी ठगीमा संलग्न व्यक्तिहरू नयाँको मुखुण्डो ओढेर जनतालाई भ्रमित पार्न खोजिरहेको आरोप लगाए । सामाजिक सञ्जालमार्फत देशमा केही पनि नभएको जस्तो नकारात्मक सन्देश फैलाएर नागरिकलाई अल्मल्याउने काम भइरहेको उनको भनाइ थियो ।

उनले वैधानिकताको लडाइँमा रहेको कांग्रेस एक्लैले देशको निकास दिन नसक्ने दाबी गर्दै फरक राजनीतिक कित्तामा उभिए पनि एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा नै मुलुकका लागि आवश्यक भएको बताए । त्यस्तै, उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डप्रति पनि विश्वास नभएको टिप्पणी गरे ।

‘हिजो जलाउन उक्साउनेहरूले अहिले देश जलाउने र बनाउनेको भाषा प्रयोग गरिरहेका छन्,’ उनले भने । कँडेलले आगामी निर्वाचन भोट हाल्ने प्रक्रियामा सीमित नभई देशलाई भूराजनीतिक चुनौतीबाट जोगाउने अवसरसमेत हो ।

नकारात्मकतालाई मात्र चर्चा गर्दा नागरिकमा वितृष्णा बढेको भन्दै उनले विकास र स्थायित्वका मुद्दामा केन्द्रित नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।नयाँ शक्तिका नाममा आएको समूहले स्थानीय तह र प्रदेश सरकारले गरेका काममा अनावश्यक विरोधाभास सिर्जना गर्न खोजेको आरोप लगाउँदै उनले मतदातालाई भ्रममा नपर्न आग्रह गरे ।

‘देशलाई निकास दिन   एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी छ’

स्याउ र ओखरका बिरुवा वितरण

‘देशलाई निकास दिन   एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी छ’

‘देशलाई निकास दिन  एमाले–कांग्रेसबीच प्रतिस्पर्धा जरुरी छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *