२०८२ फाल्गुन ५ गते
×

Now Playing

तीन वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कको कारबाही

काठमाडौँ, ५ फागुन । 

नेपाल राष्ट्र बैङ्कले तीन वाणिज्य बैङ्कलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैङ्क ऐन तथा बैङ्क वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन विपरीत काम गर्ने एनआइसी एसिया बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिमिटेड कारबाहीमा परेका हुन् ।

“एनआइसी एसिया बैङ्क लिमिटेडले यस बैङ्कबाट जारी गरिएको निर्देशन बारम्बार उल्लङ्घन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र यस बैङ्कबाट उक्त बैङ्कलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकाले उक्त बैङ्कका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम समान रु दुई लाख नगद जरिवाना गरिएको छ”, राष्ट्र बैङ्कले आज चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा भएको कारबाहीको विवरण सार्वजनिक गर्दै भनेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैङ्क लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ का आधारमा कैफियत देखिएपछि उक्त बैङ्कका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । ग्लोबल आइएमई बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को व्यवस्थाअनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेका कारण सचेत गराइएको जनाएको छ ।

त्यस्तै बैङ्कको स्थलगत निरीक्षणका क्रममा ‘कोर बैङ्किङ सफ्‌टवेयर’ मा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’मा राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएको राष्ट्र बैङ्कले जनाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क लिमिटेडले राष्ट्र बैङ्कबाट जारी गरिएको निर्देशनको विपरीत कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरूमा ग्राहकको सहीछाप नगराएको तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, एउटै प्रकृतिका कर्जाहरूको ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढीले कायम गरेको तथा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधान विपरीत त्रयमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरेका कारण कारबाही गरिएको राष्ट्र बैङ्कले जनाएको छ । जसको कारबाहीस्वरुप बैङ्कको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

तीन वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कको कारबाही

मतपत्र छपाई अन्तिम चरणमा  

तीन वाणिज्य बैङ्कलाई राष्ट्र बैङ्कको कारबाही

कर्णाली करिडोरको स्थलगत निरीक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *