२०८२ फाल्गुन ५ गते
×

Now Playing

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ५ फागुन । 

गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख  राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत रु ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्टे्रसन दस्तुर रु दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत रु एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ ।

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ 

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

मुगुमा यस्तो छ चुनावी चहलपहल

Leave a comment

Your email address will not be published. Required fields are marked *