घुयँत्राे:प्रचण्ड देख्नासाथ काँग्रेसलाई बाघछाया: चुनाव आयो कि गठबन्धनको छाता खोज्ने पुरानो रोग

माओवादिसितकाे शान्ति सम्झाैताँ जब गिरिजाले प्रचण्डलाई ८४ सिट दिएर सदनमा भित्र्याए त्यैवेला देखिनै गकाे काँग्रेसकाे साताे अँझै आछैन । नेपालकाे सबभन्दा ठूलाे र पुरानाे भन्ने दल प्रचण्डलाई देख्याे कि बाघ छाँयाँ पर्छ । चुनाब आयाेकि एक्लै चुनाब लडन सकिन्न भन्र थरथरि खुट्टा कमाउने काँग्रेसका नृताहरका कारणले नै काँग्रेस भित्रकाे युवा समूह बिद्रोहि भएर निस्किएकाे छ ।
पाँच बर्षसम्म दुख गरेर राजनीति गर्याे अनि चुनाब लडने बेलाँ नेताहरले कमिनिष्टसित गठबन्धन गरेर आँफुले चुनाब लडने ठाँ आफ्नाेसट्टा कमिनिष्टकाे नेता आएर चुनाब लडदिन्छ अनि पाटि र नेताप्रति वितृष्णा बाहेक केही हुन्न । ऐले काँग्रेस भित्र भएकाे त्यै हाे ।आफ्ना मनन्छेले सँधै चुनाब जितुन र आफू सँधै सत्ताकाे वरिपरि मण्डल मारिरहुँ भन्ने भावनाले ग्रसित काँगेसका नेता र तिनका किचेन क्याविनेट आर्जु,प्रकाशशरण, ज्ञानेन्द्र कार्की जस्ता यस्तै यस्तै ग्याङले गर्दा देउबा ऐले कुहिएकाे पिँडालु भन्दानि गए गुज्रेकाे भएका छन । राज्य र पाटिकाे तालाचाबि श्रीमती आर्जुलाई बुझाएर रिटायर्ड लाईफकाे राजनीति गरिरहेका देउबा अब पुरानाे बाटाेमा फर्किन सकिने अबस्थाँ छैनन । त्यसैले उनी जुनसुकै चुनाबमानि कमिनिष्टहरुसित गठबन्धन गरेरमात्रै अघि बढन चाहन्छन । आफ्नो अस्थित्व लाेप गराएर चुनाबमा जाने बानि परेछि एक्लै चुनाबमा जाने भन्ने त उनी कल्पना पनि गर्न सक्दैनन । त्यसैले पनि पर्चण्ड काँग्रेसका चुनाबि परिकार बनेकाछन ।ऐले माघ ११ मा हुने राष्ट्रिय सभाकाे चुनावाँ ३ पाटिका नेता एक भैसकेका छन भने आउने फागुन २१ काे चुनाबमानि काँग्रेस कमिनिष्टहरुकै बैशाखिमा चुनाब लडने निश्चित छ त्यै भएर नै काँग्रेसकाे याैटा समूह विशेष अधिवेशनका नाममा छुट्टिएर चुनाब लडनकै लागि पाटिमा विद्राेह गरेकाे हुन सक्ने अडकल काटिँदैछ । पाटिकाे नीति बिचार, देश, जनता सबचिज विर्सेर सत्ता,भष्टाचार,परिवारवाद र आफन्त बादलाई अँगालेर यहाँसम्म आईपुग्दा अन्तत काँग्रेस पाटि पूरै बदनाम भै सकेकाेछ । याे बदनामीलाई सुधार्न नसक्ने भएपछि नै कमिनिष्टहरुकाे बुई चढेर सत्ताकाे स्वाद लिन सक्दासम्म लिनेर नसक्दाकाे दिन पाटि कमिनपष्ट पाटिमै बिलय गराएर छाेडने दाउका लागेका नेताहरुलाई काँग्रेसका दुई महामन्त्रीले तगाराे हालेछि त्याे बाट फुत्किन र बिशेष महाधिवेशन हुन नदिन पालैसान्ति विज्ञप्ति जारी भै रहेका छन तर पनि विशेष अधिवेशनकाे तयारी जाेडताेडले चलि रहेकैछ । कुकुरले पुच्छर हल्लाउने ठाउँमा पुच्छरले कुकुर हल्लाएछि ऐले काँग्रेसीहरुकाे घरमा रुवावासी र चिच्याकल्लाे चलि रहेकाेछ तर त्याे रुवाबासीलाई कल्ले आएर साम्य पारिदिने पत्ताे छैन । जेनजी आन्दोलन पछिकाे काँग्रेसकाे गतिविधि र नेताहरुकाे चुपचापकाे अबस्थालाई हेर्दा अब याे पाटिकाे अस्थित्व सकिएकाे हाेकि जस्तो पनि लाग्छ । समयकाे र आफ्ना कार्यकताकाे चाहना अनुसार नचल्दा नयाँ जन्मेका पाटिले यसकाे अस्थित्व मेटाई दिएर अब नयाँहरुकै चल्लाजस्ताे नि देखिँदैछ । पाटिमा पटक्कै सुधार र परिवर्तन गर्न नचाहने र पुरानै जडसुत्रवादकै बाटोमा हिँडने काँग्रेसी प्रवृत्तिले नि याे पाटि अब एक्सपाएरनै भएकाेहाे हाे र अब यसभन्दा अघि यसले कुनैपनि काम गर्न नसक्नेनै हाे त भन्ने पनि आभाष मिल्दैछ । त्यै भित्र नयाँ पुस्ताले गरेकाे संघर्ष र संघर्षबाट याैटा छुट्टै आशा र अभिलाषा देखाउने गरि पुसकाे अन्तिम दिनसम्म नयाँ पाटि जन्मियाे भने जन्मियाे अन्यथा यसले पनि अंशबण्डा गरेर खाने सिबाय अन्य छाँटकाँट देखाएन भने अबका दिन नेपालिले चाहेर वा न चाहेर कमिनिष्ट वाटिका पछाडि नलागि नहुने बाध्यता बन्नेछ । विपिका भाइ गिरिजाले गाँसेकाे कमिनिष्टसितकाे लगन गाँठाे उनका अनुयायीहरुलेनि बाँध्दै आएर अन्तत त्याे गाँठाे कस्सिँदै गएछि जेनजी आन्दोलन पछि सबै काँग्रेसीहरुलाई निमिट्यान्न पारेर लग्याे भन्ने ईतिहास पढने त हाेलान यसपछिका पिडिले । बुध्दिमा बट्टा लागेका काँग्रेसीहरले गर्दा ३ सालमा जन्मेकाे काँग्रेस ८३ सालमा पुग्दा नपुग्दै अर्थात ८० बर्षमा लाग्दा नलाग्दै सक्किने भाे त !






