वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

कञ्चनपुर, १४ कात्तिक । 

शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम  पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उहाँले सुनाए ।

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

मलेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *