मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

दाङ ,१३ साउन।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमीको अवसरमा सम्पूर्ण प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा मानव सभ्यताको आरम्भदेखि नै प्रकृतिपूजाको परम्परा नेपाली समाजमा रहेको उल्लेख गर्दै नागपञ्चमी पर्वले प्रकृति, सर्प, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणप्रति जनचेतना फैलाउने सन्देश दिन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

`धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यो पर्वले सबैमा आपसी सद्भाव, मेलमिलाप र सहअस्तित्वको भावना बलियो बनाओस्,´उहाँको सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री आचार्यले पर्वहरूको मौलिकता, वातावरणसँगको सम्बन्ध र सांस्कृतिक सम्पदाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै यस अवसरमा प्रदेशवासीमा शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना गर्नुभएको छ । यस्तै थारु समुदायले मनाउने गुरही पर्व, मधेसी समुदायले मनाउने गुडिया पर्वकाे अवसरमा समेत शुभकामना व्यक्त गर्दै माैलिक संस्कृतिहरुकाे प्रवर्द्धनबाट प्रदेशले समृद्धि हाँसिल गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

टक्कबहादुरले बनाए:घरको छतमाथि नेपाल एयरलाइन्स

मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

घुँयत्राे : शिक्षा ऐन भनेर बाले माष्टर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds