घुँयत्राे : शिक्षा ऐन भनेर बाले माष्टर साहेबहरु…

असार पन्द्राँ ल्याईदिम्ला तिमरकाे शिक्षा ऐन भनेर बाले माष्टर साहेबहरु जतिलाई राजधानीयाट लखेटे । बिचरा माष्टरहरुनि बाले भनेछि ल्यालानत क्यारे भनेर राजधानीयाट फर्केर सीकाे कापि जाच्नभनेर कम्मर कसेर लागे र बाकै ईच्छा र चाहना अनुसार अघिल्ला बर्षभन्दा भतक्कै विद्यार्थी पास गराएर बाकाे हड्डि हँसायर आँफुहरकाे ऐन ल्याउने सपना देख्या माडसाबहरुकाे सपना शिक्षा मन्त्रीले घरिघरि अध्यन गर्न भन्दै संसदकाे समितिबाट फिर्ता गर्दै लग्दै गरेछि बिचरा माष्टर हरकाे ऐन माष्टरहरका लागि अप्ठ्याराँ फल्या फर्सी जस्ताे पाे भाे त!

शिक्षा समिति ऐन पास गराउन कसरत गर्छ, प्रधानमन्त्री र शिक्षा मन्त्री अनेकन बहाना गरेर ऐन ल्याउने पक्षाँ देखिन्न तर पनि माष्टर साहेबहरु ऐन जारी गर्न साउन २१ लाई अन्तिम अल्टिमेटमदेर बस्याछन । उता सरकारकाे रबैया हेर्दा गाेडा नवेक दिनाँ शिक्षा ऐन आउला जस्तो छैन । संसदका सब्बै सदस्यले बहुमतले १ गर्जनका साथ पास गरेकाे कर्मचारी निसेनिकाे कुलिङपिरियड राख्ने ब्यबस्था त बाले दिउसै रात पारेर उडाई दिए भने माष्टरका मागनि त्यति सजिलै पूरा हुनेगरि शिक्षा ऐन ल्याईदेलान त्यस्ताे लाग्दैन । निसेनी भित्रै चल्या रणसंग्राममा हिजाेसम्म साथै भा एमाले त राष्ट्रियसभामा गएर बाकाे ईशाराँ संसाेधन प्रस्तावतिर लाएछि कुलिङपिरियडकाे नालिबेलि खाेतल्न लाग्या समितिले अँझ के के गुल खेलाउने हाे था छैन ।

प्रतिवेदनकाे अन्तिम अन्तिम तयारीतिर लाग्या समितिले ल्याउने बाले भन्याजस्ताे परिणाम वा सदनले चाकाे जस्ताे के परिणाम ल्याउने हाे त्यसपछि फेरि एक पटक लफडा हुनेहाेला ।बाकाे ईच्छा अनुसारकाे परिणाम आएन भने एमालेहरले सदनाँ आगाे पार्ने हाेलान अनि त्यै बिषयलाई थामथुम पार्दै बर्षे सदन पनि सिध्याई दिन बेर छैन । त्यसपछिकाे हिउँदे सदनसम्म त्यत्तिकै थन्किने शिक्षा ऐनले, पारीबाट माष्टरलाई गिज्याउने अनि वारीबाट माष्टरले ऐनलाई धारेशात लाउने त हाेलानि ।

हिउँदे अधिबेशन सुरु हुने बेलासम्मै ओलिबालेनि गठबन्धन गर्या काँग्रेससितै हिउँदे जाडाँ मुढाे तापेर बस्ने निर्णय गर्छन कि प्रचण्ड ,रबि , लिङदेन र मधेसी दलहरुसित घुँडाे तापेर बस्ने साेच बनाउँछन त्यै आधाराँ बल्ल शिक्षा ऐनकाे छलफल अघि बढने हाेला त्यतिन्जेल देशले कस्ताे माेड लिने हाे अनि बाकाे कस्तो मुढ बन्ने हाे ! याे देशाँ बाकै मुडाँ देश चल्ने थिति बसिसक्या हुनाले सरकार,संसद,पक्ष विपक्षकाे कुरा र आवाज भन्दानि बाकै ईच्छा अनुसार देश चल्ने हाे ।

त्यसैले माडसाबहरले शिक्षक भित्रका अनेकन संगठन छननि यिनलाई भताभिङ्ग पारेर कुनैपनि संगठनाँ आबद्ध हुन नपाईने ब्यवस्था लागू नगरेसम्म र माष्टर साहेबहरुले २९ दिन त के ५९ दिनै आन्दोलन गरेनि त्याँभित्र हुने घुसपैठ अनि सरकारी झाेलेहरुले सरकारकाँ गर्ने छुल्याइँ फट्याइँले गर्दा सरकारले त्यति सजिलै शिक्षा ऐन ल्याईदेला र माडसाबहरले यत्रा डल्ला खान पाउन भनेर नसाेचेनि हुन्छ ।

त्यसैले सरहरु तपाईंहरु हिजाेकाे भन्दानि कडारुपमा प्रस्तुत भएर कुनैपनि शिक्षक एमालेकाे संगठन अनि काँग्रेसकाे युनियन वा संघ नभएर हामी शिक्षक हुम् शिक्षककाे हितका लागि ऐन आउनु पर्छ भनेर लाग्नु भाे भने तपाइँहरकाे आन्दाेलन र लडाइँले परिणाम ल्याउला हैन भने आजसम्म साउन २१ भन्नू भाछ अर्को मिटिङमा मंशिरसम्म भन्नू हाेला ।तपाईंहरु सिमा ताेक्दै जानुस सरकार अध्ययनकाे समय माग्दै जान्छ ,न ऐन आउँछ न शिक्षामा सुधार आउँछ ।बस यै लैबरिमै न तपाईंहरुकाे जिन्दगी बन्छ न विद्यार्थीकाे भविष्य बन्छ ।

घुँयत्राे : शिक्षा ऐन भनेर बाले माष्टर साहेबहरु…

मुख्यमन्त्री आचार्यद्वारा नागपञ्चमीको शुभकामना

घुँयत्राे : शिक्षा ऐन भनेर बाले माष्टर साहेबहरु…

घुँयत्राे : एमालेमा विद्याकाे आगमनले राँकाे सल्क्याछ

Leave a comment

Your email address will not be published. Required fields are marked *