बिमा प्रणालीमै अविश्वास बढ्दै : जुम्लामा किसान र इन्स्योरेन्स बिच टकराव चर्कियो

जुम्ला ,१३ पुस।

स्याउ बिमा भुक्तानीमा ढिलासुस्ती र छलकपट गरेको आरोप लगाउँदै जुम्लाका किसानले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, जुम्ला शाखामा पुनः ताला लगाएका छन । बिमा दाबी भुक्तानीको विषयमा आज जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफल निष्कर्ष विहीन भएपछि किसान आक्रोशित बन्दै तालाबन्दीमा उत्रिएका हुन ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा तातोपानी गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकाका अगुवा किसानहरूको सहभागिता रहेको थियो । लामो समय देखि स्याउ बिमाबापतको रकम नपाएको गुनासो गर्दै आएका किसानले पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि इन्स्योरेन्स कम्पनीले बेवास्ता गरेको आरोप लगाए ।

किसानका अनुसार प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउ बालीमा ठूलो क्षति भएपछि नियमानुसार बिमा दाबी पेश गरिएको थियो । तर कम्पनीले डिजिटल मौसम विवरणको स्पष्ट रिपोर्ट नदेखाएको, स्थानीय तहले खडेरी घोषणा गर्दा पनि फिल्ड भिजिट नगरेको, तथा कुन आधार र कुन समितिको निर्णयबाट भुक्तानी निर्धारण गरिएको हो भन्ने कुरा खुलाउन नसकेको किसानको भनाइ छ ।

तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष तथा पालिका प्रवक्ता अमर रोकायाले डिजिटल मौसम विवरणको रिपोर्ट उपलब्ध गराईदिनु पर्यो जिल्लाको मौसम रिपोर्ट होइन ? गाउँ कार्य पालिकाले खडेरी परेको छ भन्दा फिल्ड भिजिट किन नगरेको ? के आधारमा कुन कमिटीले निर्णय गरेको हो ? त्यो आधार चाहिन्छ , मामाको धन कमाउन खोज्दा बाबुको धन समेत जाला ? भन्दै चेतावनी दिदै बिमा पोलेसी फरक फरक हुन नसक्ने तर्क राखेका छन् ।

स्थानिय सरकारले पेश गरेको निर्णय भन्दा इन्स्योरेन्स ठूलो भयो ? घर बिमाको इन्स्योरेन्स तातोपानीमा कहिले दिनुहुन्छ , घरघरमा गएर बिमा रिन्यु किन गर्नु भएन । किसानलाई अब हामी सहजीकरण गर्न सक्दैनौं भोलि बाट किसान आन्दोलन बाट हुने क्षति अब स्वयम इन्स्योरेन्सले लिनु पर्छ ।

तातोपानी गाउँ पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले भने , जनताको रगत र पसिना चुस्ने तपाई चुसाहा हो । बुटा गन्न लगाउन्छौ भुगोल हेर्न लगाउन्छौ ठेगानाको आधारमा भुगोल फरक पर्छ र ? किसानको आखामा छारो हाल्न मिल्छ ? जुम्लाले शिखर इन्स्योरेन्स लाई कति रेमिटेन्स दिएको छ ख्याल गर्नुभएको छ । हामी लुकेर अख्तियारमा जादैनौ , तपाईका सबै प्रमाण तथ्य राखेर मुद्दा हाल्छौ ८१ को बिमा ८९ सम्म पेल्ने नियत कहिले सम्म भर्खर लगाएको बिमाको रकम कहिले फिर्ता हुन्छ ?

सबैभन्दा खडेरी पर्ने जुम्लाको रारालिही हो । त्यो क्षेत्र कसरी २४ रुपैयाँमा पर्यो । लिदा जतिपनी लिने दिदा त्यतिकै फिर्ता गर्नु पर्दैन ? लम्पट बुद्धिजीवी ,कर्मचारीले गर्दा पोलेसी चेन्ज गर्दै सोझा किसानलाई ठग्न मिल्दैन।भन्दै आदि प्रसाद न्यौपाने आक्रोशित बन्दै बोले ।

बिमा पोलिसी एउटै हुँदा भुक्तानी फरक–फरक हुन नसक्ने बताए । उनले भने, स्थानीय सरकारले पेश गरेको निर्णय भन्दा इन्स्योरेन्स ठूलो कसरी हुन्छ ? किसानहरूले सिजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र अन्य क्षेत्रमा एउटै दरमा गरिएको बिमाको भुक्तानी किन फरक परेको भन्दै प्रश्न उठाएका छन ? “बिमा गर्दा एक बुटाको दर ३६ रुपैयाँ थियो, तर भुक्तानी गर्दा किन क्षेत्र अनुसार फरक भयो ?

कनकासुन्दरी गाउँ पालिका अध्यक्ष दामोदर आचार्यले प्रश्न गरे । पालिकाध्यक्षहरूले घर बिमा भुक्तानी अझै नपाएको, घरघरमा पुगेर बिमा नवीकरण नगरेको र किसानलाई सहजीकरण गर्न अब स्थानीय सरकार असमर्थ भएको स्पष्ट पारेका छन । उनीहरूले किसान आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी इन्स्योरेन्स कम्पनीले नै लिनुपर्ने चेतावनी दिएका छन ।

आक्रोशित किसानहरूले बिमा प्रणालीले नै सोझा किसानलाई ठग्ने प्रयास गरिएको आरोप लगाउँदै सबै प्रमाण संकलन गरी कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन । उनीहरूको भनाइमा, लिँदा जति पनि लिने, दिँदा किन कम दिने ? बिमा जोखिम न्यूनीकरणका लागि हो, शोषणका लागि होइन।

किसान आन्दोलनका कारण शिखर इन्स्योरेन्स जुम्ला शाखाको सेवा पूर्ण रूपमा ठप्प भएको छ, जसले अन्य सेवाग्राहीलाई समेत असर परेको छ । स्थानीय प्रशासनले दुवै पक्षलाई संयमित रहँदै संवाद मार्फत समाधान खोज्न आग्रह गरेको छ ।

देशकै प्रमुख स्याउ उत्पादन क्षेत्र जुम्लामा बिमा भुक्तानी विवादले बिमा प्रणालीप्रति नै गम्भीर अविश्वास पैदा हुने खतरा देखिएको छ। समयमै समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनी किसानहरूले दिएका छन ।

बिमा प्रणालीमै अविश्वास बढ्दै : जुम्लामा किसान र इन्स्योरेन्स बिच टकराव चर्कियो

भाडा बचत गर्दै एकीकृत भवन सञ्चालनमा

बिमा प्रणालीमै अविश्वास बढ्दै : जुम्लामा किसान र इन्स्योरेन्स बिच टकराव चर्कियो

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी :

Leave a comment

Your email address will not be published. Required fields are marked *