आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

हुम्ला, ११ पुस । 

सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिनुभयो । गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आँकलन गर्न नसकिएको  आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए । स्थानीयको पहलमा आगो निभाइएको उनले बताए । अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए ।  “अहिले आगो निभाइसकिएको छ”, उनले भने ।  घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

जेनजी सहिदको घरमा सरकारी टोली 

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो 

Leave a comment

Your email address will not be published. Required fields are marked *