नेपाली कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस

गाेल्डेन बुढा

जुम्ला,२९ मंसिर।
नेपाली कांग्रेस जुम्लाले आगामीफागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका उम्मेदवारहरू सिफारिस गरेको छ।प्रत्यक्षतर्फ नेपाली कांग्रेस जुम्लाका सभापति कर्ण बहादुर शाही, निर्वतमान सांसद कान्तिका सेजुवाल, पूर्ण प्रसाद आचार्य र खड्ग बहादुर सेजुवाललाई सिफारिस गरिएको छ।

पार्टी प्रवक्ता मेघराज गिरीका अनुसारआकाङ्क्षीहरूबिच छलफल गर्दा पनि टुङ्गो नलागेपछि सबै नाम सिफारिस गरिएको हो ।उम्मेदवारहरूको लामो लिस्ट प्रदेश हुँदै केन्द्रमा पठाएको छ ।त्यस्तै समानुपातिकतर्फ पूर्व मन्त्री दिनबन्धु श्रेष्ठ, धन बहादुर बस्नेत, गोविन्द शाही, पुरिचन्द्र देवकोटा,लक्ष्मीप्रसाद आचार्य,परेकलाल घर्ती,गाेरख बहादुर सुनार,माया नेपाली,नत्रकला शाही ,कर्णजंङ हमाल,नविना केेसी बडुवाल,जयलक्ष्मी आचार्य,लालबहादुर जिसी र रज्जब अलिमनिहारको नाम सिफारिस गरिएको छ।यसैगरी राष्ट्रिय सभातर्फ कांग्रेसका वर्तमान कर्णाली प्रदेशका सभापति ललितजङ्ग शाही, पूर्व राज्य मन्त्री भक्त बहादुर रोकाया, भिमनिधि हमला र सुमन बुढा बस्नेतलाई सिफारिस गरिएको छ।

नेपाली कांग्रेस जुम्लाका जिल्ला कार्य समिति सदस्य महेन्द्र कार्कीले दिएको जानकारी अनुसार पार्टीको आन्तरिक छलफल तथा मापदण्डअनुसार उम्मेदवारहरूको नाम सिफारिस गरिएको हो।पार्टीले सिफारिस सूचीलाई केन्द्रमा पठाइसकेको र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने कार्कीको भनाइ छ।

नेपाली कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस

घुयँत्राे :फागुन २१ को चुनाव कि ‘गगन

नेपाली कांग्रेस जुम्लाद्वारा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवार सिफारिस

घरदैलोमै स्वास्थ्य सेवा : नरैनापुरको सामुदायिक अभियानले

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds