घुयँत्राे :फागुन २१ को चुनाव कि ‘गगन थापा खोजी अभियान’ ? जिल्लाजिल्लामा एउटै नाम, मतपत्र अलमलमा

हैन याे फागुन २१ काे हुने चुनाब हाे कि नहुने ! मलाई त शंकै लाग्न थाल्याे है अब त ! याे चुनाबाँ जुनसुकै जिल्लाट नि गगन थापालाईनै उमेदवार भनेर लेखेर पठाछन रे नि त । हैन याे जाेक गर्या हाे कि साँच्चै हाे । पैला राेल्पाकाे मात्रै कुरा गर्थे हाेला तनि उनकाे पैलाकाे निर्वाचन क्षेत्र काठमाडौं ४ रास्वपाले उमेदवार उभ्याउने भएछि त्याँट चुनाउ जित्न गाह्राे हुने भा हुँदा राेल्पाँनि चान्स द्या हाेलान जे भएनि महामन्त्री हाे चुनाब त हार्न भएननि भन्ने लाईराथ्याे तर फेरि गगनका लागि काठमाडौं ,धनकुटा,तेह्रथुम ,राेल्पा सब्बै ठाउँ खालि गर्नु पर्ने किन रैछ राे । कि ती जिल्लाँ उमेदवारै नभएर हाे र? हुनत त्याे हुनपनि के बेर याे चाेटि त घरैपिच्छे पाटि खुल्याछन । के गर्ने देशाँ गर्ने इलम केई छैन । काम गरेर बसम भने अलिअलि भाका उद्याेग बेचेर खाई सके , नयाँ उद्योग काेहि खाेल्दैनन । सहकारीका रुपियाँजति याैटाले खाएर न निल्न सक्याछ न ओकल्न सक्याछ । पैला बैंक जति लुटनै बस्याझैँ गरि ८ पर्सेन्टाँ लगानि गरेर २४ पर्सेन्ट असुलि गरेछि जनताजति सबै टाट भैसके । ऋणिजति बैंक भनेछि ऐले ४ काेस पराट हिन्छन । विदेशिले उद्याेग धन्दा खाेल्न पैशा दिन्न ।यसाे गरि खाउनत भनेर दियाेकि पाएकाे पैशाट कमाएर खाए त हुन्थ्याे तर हाम्रा महाराजहरु पाएजति सबै खाएर दिनेलाईनि हेर्याहेर्यै पार्नु हुन्छ । याे देशकाे यै हरिविजाेग देखेर विचरा युवाजति ऋणसाहु गरेर विदेश जानै ठिक्कै भाछ त्यै पनि विदेश पुर्याईदिन्छु भन्ने दलालहरले ती वेराेजगारकै पैशा खाईदेर हरिविजाेग गराईद्याछन ।
” सुकाईदेउ गाण भन्दा थपिदेउ गाण” भएछि दैनिक युवा लुटिने खबरले सम्चारका पाना भरिया भरियै हुन्छन तर ती दलालका विरुध्द सरकारले कार्वाहि चलाएर त्यस्ता अपराधिलाई कठघराँ पुर्याकाे सम्चार कैल्यै आउन्न । यस्ताे बिजाेगकाे आर्थिक अबस्थाका बिचाँ भष्टाचारीहरु भष्टाचार गरेर रमाका रमाईछन पिडित झन पिडित छन । यै बेलाँ झन भै नभै काँट याे जेनजी भन्ने देशाँ पसेर देशकाे आधासम्पति आगाेलाएर सिध्याय अब आधा सम्पति चुनाब भनेर सिध्याउने हाेलान । आन्दोलनले के के नै परिवर्तन ल्याउँछ , हिजाेका भष्टाचारी सडकाँ नाङ्गिन छन तिनका सम्पति लुटेर जनता धनी बनाउँछम् भनेर लाग्या जेनजीहरुनि देश चलाएर आका एमनले,काँग्रेस र माओवादि जस्ता पाटिहरु परिवर्तनका नाममा मञ्चाँ मादल ठाेक्दै नाच्दै गर्ने बाहेक कुनै उपति गर्न सक्या छैनन ।उनरलाई देश र जनताकाे चिन्ता भन्दानि आफ्ना मान्छेलाई चुनाबाँ टिकट दिलाउने चुनाब लडने अनि सत्ता हत्याउने बस त्यसपछि राज्यकाे ढुकुटियाँ हैकम चलाउने,बस याे भन्दा अरुबेग्लै साेच छँदैछैन । त्यसैले जनतानि चाहे गगन थापा ६ ठाँट लड वा रवि लामिछाने जेलै भित्राट प्रधानमन्त्री हाेउ बालै मतलब गर्या छैनन । राजनीति कै रुखकाे टुप्पाँ चढेर आँफुलाई नेपाली जनताकाे मसिहा सम्झने जेनजी आन्दोलन काे शिकारी केपि ओलिभने राजनीतिकाे धार तिखार्न पाटिकाे चुनाबमा लठ्ठियाछन ।

देश र जनताका लागि प्रतिष्पर्धा भन्दानि निजि स्वार्थका लागि तल्लिन यी राजनीतिक दलहरुका नेताहरुबाट परिवर्तनकाे आश गर्नु सुँगुरले सगर देख्नु जस्तै हाे । चाहे गगनले ६ ठाउँबाट चुनाब जितुन वा शेर बादुर र आर्जुले तिनठाँट चुनाब जितुन या ओलि प्रचण्डले हिजाेकाे भन्दा अत्याधिक मत ल्याएर सदनमा आउन यिनरकाे सदनकाे प्रस्तुतिमा भिन्नता आउला र देशले फडकाे मार्ला भन्नू घाेडाकाे झर्ला र खाउँला भन्नू जस्तै हाे । जबसम्म यिनिहरुले आँफुहरु परिवर्तन भएकाे र अब जे गर्छाँ देशकाे लागि गर्छाै भन्ने कुरा जनतामा देखाउन सक्दैनन् तबसम्म जनता यिनकाे विश्वास गर्ने पक्षमा छैनन । त्यसैले कुनै पाटिका कार्यकर्ताले कसैलाई ठाउँ दिए भन्दैमा जनतालेनै दिए भन्न मिल्दैन त्यसकारणनि आँलहरविहिर भएर सम्हाल्न नसक्या पाटिका महामन्त्रीले छ ठाँट चुनाब लडने भए अब देश स्वर्ग बन्ने भाे भन्ने नसाेचेनि हुन्छ । हाे झाेलेहरलाई मासुभातमा फ्रि भाे तर जनताकाे घराँ त ब्यान बेल्का पकाउने के हाे ,खाने के हाे ,समस्या उईकाे उई रयाे । याे चुनाबाँनि जनता चेतेनन भने उनै ओलि र उनै देउबाकाे खेल भयाे भन्दै दाैडिने त हाेनि । कि कसाे ।

घुयँत्राे :फागुन २१ को चुनाव कि ‘गगन थापा खोजी अभियान’ ? जिल्लाजिल्लामा एउटै नाम, मतपत्र अलमलमा

जुम्लामा यस वर्ष १७ हजार ५ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds