इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता,२७ मङ्सिर (रासस/सिन्ह्वा) । 

इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिजेल कार्यक्रमलाई तीव्रगतिमा विस्तार गर्दैछ र घरेलु तेल प्रशोधन क्षमतामा वृद्धि गरिरहेको छ, जसले विदेशी इन्धनमा निर्भरता कम गर्नेछ ।

देशभर लागू गरिने नयाँ ‘बी–५० बायोडिजेल’ मिश्रण यस योजनाको मुख्य आधार हो र सन् २०२६ देखि यसको प्रयोग सुरु हुने लक्ष्य राखिएको छ ।

ऊर्जा तथा खनिज स्रोत मन्त्री बाहलिल लाहादालियाका अनुसार, बी–५० कार्यक्रम र तेल शोधन गृहको क्षमता वृद्धिले इन्डोनेसियालाई डिजेल आयात रोक्ने अवस्थामा पुर्‍याउनेछ। बलिकपापन शोधन गृह विस्तारपछि यसको दैनिक प्रशोधन क्षमता ३६० हजार ब्यारेल पुग्नेछ, जसले घरेलु उत्पादन बढाएर डिजेल आयातमा दीर्घकालीन कमी ल्याउने अपेक्षा गरिएको छ ।

इन्डोनेसिया लामो समयदेखि यातायात, औद्योगिक कार्य र विद्युत् उत्पादनका लागि आयातित डिजेलमा निर्भर थियो । तर बढ्दो विश्व बजार मूल्य र आयात खर्चका कारण सरकारले घरेलु विकल्प विकासमा जोड दिएको छ । पाम तेलबाट तयार हुने बायोडिजेलले किसानको आय बढाउन, उद्योग विस्तार गर्न र ऊर्जा मिश्रणलाई विविधिकरण गर्न महत्त्वपूर्ण योगदान दिएको छ ।

हाल इन्डोनेसियामा बी–४० बायोडिजेल नीति लागू छ, र बी–५० मा रूपान्तरणपछि देश विश्वमै ठूलो मात्रामा बायोडिजेल प्रयोग गर्ने अग्रणी राष्ट्रको सूचीमा अझ मजबुत रूपमा उभिने अपेक्षा गरिएको छ ।

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

यूएई र ईयूबीच रणनीतिक साझेदारीः हरित र

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds