जुम्लामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

गाेल्डेन बुढा
जुम्ला,२७ कार्तिक ।
जुम्लाकाे चन्दननाथ नगरपालिका–६ स्थित यातायात कार्यालय नजिक भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने अर्को व्यक्ति घाइते भएका छन्। घटना बेलुका ९ वजेर ३५ मिनेटमा भएको थियो।ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार पार्किङ गरिएको भे २ त १८६८ नम्बरको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो।भे ७ प २२२२ नम्बरकाेमा माेटरसाइकमा सवार जुम्लाको पातारासी गाउँपालिका–३ हुरी गाउँका ४५ वर्षीय जनबहादुर बुढा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ।उनको अवस्था पनि नाजुक छ।दुर्घटनापछि ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी हवल्दार गिरीले जानकारी दिए।स्रोतका अनुसार दुर्घटना भएको स्थानमा सवारीसाधनको भीडभाड बढी हुने भएकाले त्यहाँ सतर्कता अपनाउन स्थानीयले आग्रह गरेका छन्।






