जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुदा सात जना घाइते

जुम्ला,२६ साउन।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी कालिकोटको खाँडाचक्र–१०, गोलुवा भन्ने स्थानमा दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२-००१ ख ०९७६ नम्बरको बोलेरो गाडी आज बिहान अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएको जानकारी त्यहाँको प्रहरी कार्यालयबाट प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ ।

घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेकाले थप जानकारीको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुदा सात जना घाइते

सिस्नु बेचेर उपचार खर्च जाेहाे गर्दै: कर्मकली

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुदा सात जना घाइते

जुम्लामा एक महिला मृत अवस्थामा भेटिन्

Leave a comment

Your email address will not be published. Required fields are marked *