सल्लिवजारका विभिन्न स्थानमा राखियो नाे-पार्किङ्ग बोर्ड

दुर्गा विसि
सल्यान ,२४ मंसिर ।
सल्यान पश्चिममा रहेको व्यापारीक केन्द्र सल्लिवजारमा वजार व्यवस्थापन समितिले फेरि अर्को नमुना याेग्य काम गरेको छ ।वजारका विभिन्न क्षेत्रमा नाे पार्किङ बोर्ड राखेको छ ।नाे पार्किङ बोर्ड राखेर अव्यवस्थित सवारीसाधनकाे आवागमनलाई यसले सहजता थप्ने वजार व्यवस्थापन समितिका अध्यक्ष इश्वर वुढाकाे भनाइ रहेको छ ।वजारमा अव्यवस्थित तवरले पार्किङ गर्ने सवारीसाधन साधनका लागि याे अति आबश्यक र राम्रो काम भएको अर्का वजार व्यवस्थापन समिति उपाध्यक्ष तुलाधर नेपालीकाे भनाइ रहेको छ ।
सल्लिवजार ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सागर पौडेलले याे कामले शान्ति सुरक्षामा सबल पुग्ने जनाउनु भयो ।उक्त नाे पार्किङ्ग होडिङ्ग बोर्डको यातायात कर्मिहरुले पालन गर्न समेत आग्रह गरिएको छ ।याे कार्यमा वजार व्यवस्थापन समितिसँगसँगै प्रहरी पनि सहयोगकाे निम्ति पछि पछि रहेको उहाँको भनाइ रहेको थियोे ।
नाे पार्किङ होडिङ बोर्ड स्थापना गर्ने कार्यमा नगर उप प्रमुख पुरुषाेत्तम आचार्य,नेपाली कांग्रेसका नेता दिपेन्द्र विष्ट,वडा सदस्य लाेकवहादुर वुढाकाे समेत उपस्थिति रहेको थियोे ।१४ वटा नाे-पार्किङ लेखिएका होडिङ्ग बोर्ड निर्माणकार्य तथा आर्थिक सहयोगमा राजेन्द्रकुमार विसिले सहयोग गरेको जनाएको छ ।यश अघि वर्शौ अव्यवस्थित वस पार्क वजार व्यवस्थापन समितिकै पहलमा प्रयोगमा ल्याउने काम भएको थियोे ।






