नेपाल जनस्वास्थ्य संघ लुम्विनीले मनायो स्थापना दिवस

बाँके ,२४  मंसिर ।

नेपाल जनस्वास्थ्य संघले आफ्नो स्थापना दिवस मनाएको छ । जनस्वास्थ्य संघ लुम्विनी प्रदेशले नेपालगन्जमा एक कार्यक्रमका बीच दिवस मनाएको संघका अध्यक्ष सरोज रिमालले जानकारी दिनुभयो। एक पालिका एक जनस्वास्थ्य अधिकृत, आजको लगानी भोलिको आधार भन्ने नाराका साथ दिवस मनाइएको उहाँले बताउनुभयो।

कार्यक्रममा सहभागी संघका केन्द्रीय सदस्य श्रीकृष्ण वस्नेतले नेपालको स्थानीय शासन संरचना सुदृढ बन्दै गइरहेका बेला स्वास्थ्य क्षेत्रको आधारभूत ढाँचा मजबुत बनाउन ‘एक पालिका–एक जनस्वास्थ्य अधिकृत’ आवश्यक रहेको बताउनुभयो।

पालिकाका सबै स्वास्थ्य पूर्वाधारहरू एउटै ढाँचामा परिचालित गर्न पनि आवश्यक रहेको उहाँको भनाइ थियो । कार्यक्रममा सहभागिहरुले पनि रोग नियन्त्रण कार्यक्रम, खोप विस्तार, महिला–बच्चा स्वास्थ्य, पोषण, वातावरणीय सरसफाइ, स्वास्थ्य सचेतना र आकस्मिक स्वास्थ्य व्यवस्थापन—सबै एकीकृत रूपमा अघि बढ्न पालिकाहरुमा जनस्वास्थ्य अधिकृत अनिवार्य रहेको धारणा राखेका थिए ।

नेपाल जनस्वास्थ्य संघ लुम्विनीले मनायो स्थापना दिवस

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

नेपाल जनस्वास्थ्य संघ लुम्विनीले मनायो स्थापना दिवस

सल्लिवजारका विभिन्न स्थानमा राखियो नाे-पार्किङ्ग बोर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds