जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु


गोल्डेन बुढा
जुम्ला । जुम्लामा घरको बार्दलीबाट लडेर एक जना अपरिचित पुरुषको मृत्यु भएको छ । जुम्लाको गुठिचौर गाउँपालिका–१ चोत्र गाउँमा बसोबास गर्दै आइरहेका एक जनाको मृत्यु भएको हो ।

शनिबार साँझ ७ वजे बार्दलीबाट खसेर गम्भीर घाइते भएका उनको अस्पताल लिने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमाल बताए । ‘उनको लास पोष्टमाटमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ,’ उनले भने,‘मृतकको स्थायी ठेगाना र नाम यथार्थमा नबुझिएकोले पोष्टमाटमका लागि समय लाग्नेछ ।’

स्थानीयका अनुसार गाउँ आलोपालो गरि खाना खाने मान्छे हुन् ।

जुम्लामा घरको बार्दलीबाट लडेर एक अपरिचितको मृत्यु

लागुऔषध न्यूनीकरणमा जिम्मेवार बनौं

Leave a comment

Your email address will not be published. Required fields are marked *