श्रमदानबाट ५० योजना निर्माण


छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक स्थलका योजना निर्माण भएका हुन् ।

नगरप्रमुख भाम यतिबेला जनताका कामदेखि श्रमदानको विकास निर्माणमा अहोरात्र खटिएका छन् । उनको अभियानमा नगरका बासिन्दादेखि कर्मचारी पनि सहभागी भएका छन् ।

“जनताले विकास चाहेका छन् । राज्यले पर्याप्तता बजेट उपलब्ध गराउन सकेको छैन । श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नगरप्रमुख भामले भने, “म नगर प्रमुखमा निर्वाचित भएदेखि नै जिल्लामा पहिलो पटक श्रमदान अभियान थालनी गरिएको हो ।”

‘‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उनले भने, “जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो ।’’

श्रमदान अभियानमा सहभागी स्थानीय बासिन्दा आफैँले खाना तथा खाजाको पनि व्यवस्था गरेका छन् । नगरपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा सहभागी हुन नसक्ने स्थानीय बासिन्दा र जनप्रतिनिधिले सहभागी हुनेहरूका लागि स्थानीयस्तरमा उत्पादन हुने आलु, रोटी, सिस्नु, मकै, दही, मही खाजा उपलब्ध गराएको श्रमदानमा सहभागी भएका स्थानीय जङ्गबहादुर ऐडीले बताए ।
यो श्रमदान अभियान प्रभावकारी भएको ऐडीको भनाइ छ ।

श्रमदानबाट ५० योजना निर्माण

कर्णाली कोरिडोरको सर्केगार्ड खार्पुनाथ सडक २७ दिनपछि

श्रमदानबाट ५० योजना निर्माण

काँचो स्याउ नटिप्न सुझाव