२०८२ फाल्गुन ५ गते
×

Now Playing

काठेपुलकै भरमा खोला वारपार गर्नुपर्ने वाध्यता


चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँका दर्जनौं खोलामा काठेपुलको भरमा वारपार गर्नुपर्ने बाध्यता छ । खोलाहरू झुलुगे पुल नहुँदा नेप्का गाउँबासीहरू बर्सेनि काठेपुलको भरमा आवतजावत गर्दै आएको चंखेली गाउँपालिका –५ भियाले तामाङले जानकारी दिए ।

गाउँबाट खर्क जान दर्जनौं बढी खोलामा काठेपुल निर्माण गरिएको तामाङले बताए । वर्खा लागेसँगै प्रत्येक वर्ष काठेपुल खोलाले बगाउँदा स्थानीयहरूले सास्ती खेप्दै आएका छन् ।

खर्क र जडीबुटी संकलन गर्न जाने समेत समस्या भएको चंखेली गाउँपालिका–५ का जसबहादुर तामाङले बताए । चीनको हरियाचौरसम्म नुन,लुगाकपडालगायत दैनिक उपभोग्य वस्तु ल्याउ जान पनि समस्या हुने गरेको तामाङको दुःखेसो छ ।
जीर्ण काठेपुलबाट पशुवस्तु आउजाउ गर्दा खसेर मर्ने गरेको उनको भनाइ छ ।

काठेपुलकै भरमा खोला वारपार गर्नुपर्ने वाध्यता

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा

काठेपुलकै भरमा खोला वारपार गर्नुपर्ने वाध्यता

YUGAAWHAN NATIONAL DAILY (2081-03-16)