२०८२ फाल्गुन ५ गते
×

Now Playing

शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने

नेपाली काङ्ग्रेसका उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले निजामती कर्मचारीको शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने बताएका छन् ।

नेपाल निजामती कर्मचारी यूनियनद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा पुगेको ऐनलाई सबै तहका कर्मचारीको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चित हुने गरी मात्रै ऐन पारित हुने बताए ।

ट्रेड यूनियन अधिकारलाई सुनिश्चित गर्दै कर्मचारीको हितमा ऐनलाई व्यवहारिक बनाउन पार्टीकोतर्फबाट कुनै कसर रहने छैन । उनले भने, ‘यसको लागि कर्मचारी संगठनहरूले पनि आवश्यक पहल गर्नुपर्छ ।’

संसदको ठूलो दलको हैसियतले अन्य दलसँग समेत समन्वय गर्दै छिटोभन्दा छिटो ऐन पारित गर्न भूमिका खेल्ने बताए । यही अधिवेशनबाट ऐन पारित नभए निजामती ऐनको भविष्य अन्योलमा पर्ने उनले बताए ।

सरकार पुनर्गठनअघि काङ्ग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्री रहेका खड्का निजामती विधेयकको मस्यौदालाई अन्तिम रूप दिन गठित समितिका संयोजक थिए । सोही समितिले सबै सरोकारवालासंग छलफल गरेको विधेयक संससमा पुगेको उनले बताए ।

कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोख्रेलले संसदमा पुगेको ऐनमा थुप्रै त्रुटि रहेको बताउँदै यसको लागि संसदमा रहेका सबै दकको सहयोग आवश्यक पर्ने बताए । त्यसगरी निजामती कर्मचारी यूनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सबै निजामती कर्मचारीको हितमा ऐन बन्न नसके त्यसलाई स्वीकार्न नसकिने बताए ।

शिर झुक्ने गरी नेपाल निजामती सेवा ऐन पारित हुन नदिने

YUGAAWHAN NATIONAL DAILY (2080-12-17)