मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना बारे अन्तरक्रिया

कर्णाली प्रदेशको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना बारे एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सिविएम ग्लोवल तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी. नेपाल) संगको समन्वयमा सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना बारे अन्र्तक्रिया गरेको हो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेँलको प्रमुख आतिथ्यतामा, सामाजिक विकास मन्त्री विर बहादुर बुढा अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजिक विकास समिति सभापति घनश्याम भण्डारी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ वहादुर पोखरेल, मुख्यमन्त्रि कार्यालयका सचिव आनन्द सारु, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. शुसिल समदर्शी, लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको प्रतिनिधित्वमा कार्यक्रम भएको थियो ।

मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शीले मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य र यसको विद्यमान अवस्था बारे प्रकाश पारेका थिए। डा. समदर्शिले अहिलेपनि नेपालमा ७० प्रतिशत भन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको पहुचमा मानसिक स्वास्थ्य सेवा पुग्न नसकेको बताए ।

मानसिक स्वास्थ्यको वर्तमान अवस्था र कर्णाली प्रदेश सरकारको मानसिक स्वास्थ्य रणनितिक योजना कार्यान्यनमा विभिन्न साझेदार संघसंस्थाहरु संग मिलेर गरेको प्रयास र त्यसको प्रभावकारीता बारे समिक्षा समेत गरीएको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्य रोग रोकथामका कार्यक्रमहरुको वर्तमान स्थिति र आगामि दिनमा कसरी जान जरुरी छ, उपचारमा तालिम तथा प्रर्वधनात्मक कामको प्रभावकारीता, प्रदेशले आपुर्ति गर्ने मानसिक स्वास्थ्य समस्या भएकालाई दिईने औषधीको व्यवस्थापनको विषयमा छलफल केन्द्रित रहेको थियो ।

सहभागिहरु वाट कर्णाली प्रदेशमा अहिलेको वजेट प्रयाप्तता नभएको र वजेट वृद्धीको आवश्यक रहेको सुझाव समेत आएको थियो भने सरकारी स्तरवाट वजेट उपलव्धता रहेको तर प्रभावकारी कार्यान्व्यनमा केहि चुनौति रहेको प्रतिक्रिया थियो ।

सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी. नेपाल) ले आयोजना गरेको यो कार्यक्रमको सहजिकरण सिएमसि नेपाल कणृल प्रदेश प्रमुख हिमाल गैरेले गर्नु भएको थियो भने कार्यक्रम सामाजिक विकास मन्त्रालयका मानसिक स्वास्थ्य फोकल प्रशन खगेन्द्र प्रकास गैरेले संचालन गरेका थिए ।

 

मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना बारे अन्तरक्रिया

शारदामा जनप्रतिनिधि र कर्मचारीको बेतिथि : सल्यानमा

मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना बारे अन्तरक्रिया

शिक्षक नायकलाइ प्राथमिक आँखा उपचारसम्बन्धि तालिम