मालिका भगवतीको मन्दिर संरक्षणमा केन्द्रीकृत छौँः वडा अध्यक्ष टिकादत्त न्यौपाने

कर्णाली आफैमा प्राकृतिक सौन्दर्यले भरीएको पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ। त्यसमा पनि जुम्ला । जुम्लाको भूगोल अनुसार प्राकृतिक विविधता पनि उस्तै सुन्दर छ । यही प्राकृतिक सौन्दर्य तथा विविधताले जुम्ला प्रसिद्ध मानिन्छ्।यहाँको प्राकृतिक सुन्दरता र धार्मिक सम्पदाको छुटै मौलिकता छ ।

यही विशेषता र सुन्दरता भएको ठाउँ हो, जुम्लाको चिमारा मालिका । जुम्लास्थित मालिकाबाट जुम्ला जिल्ला मात्रै होइन अन्य छिमेकी जिल्ला र आँखाले भ्याउन नसकिने गरी गगनचुली हिमाल देख्न निहाल्न सकिन्छ । यता हे¥यो सदरमुकाम टल्किन्छ, उता हे¥यो हिमालै हिमाल तल हे¥यो हिमा र तिला नदि सुस्केरा हाल्दै बगेको देखिन्छ ।

चिमारा मालिका जुम्लाको गुठिचौर गाँउपालिकामा–४ अवस्थित छ। मानव बस्तीबाट धेरै माथि, लेकैलेक हिँडेपछि मालिका भगवतीको मन्दिर भेटिन्छ ।

ढुङ्गै–ढुङ्गाद्धारा निर्मित भगवती मन्दिरबाहेक यो क्षेत्रमा अन्य कुनै संरचनाहरू छैनन् । भदौ चतुर्दशिका दिन जुम्लाबासीहरु यहाँ भेला भएर मालिका भगवतीको पूजाआज गर्छन । परम्पराकालदेखि गुठिचौर गाउँपालिका–४ खल्लाबाडाका न्यौपाने परिवारले भगवतीको विशेष पूजा गर्ने गर्छन् । चतुर्दशिका दिनमा भगवतीको लिङ्गा खडा गरिन्छ । रातभरी पूजा गरी बिहान झिसमिसेमा नयाँ लिङ्ग राखेर पूजा सम्पन्न गरिन्छ । यहाँबाट जुम्ला जिल्ला मात्र नभएर छिमेकी जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

जिल्ला सदरमुकाम खलङ्गाबाट यहाँ पुग्न करिव ५ घण्टा बढी लाग्ने गर्छ । जिल्लाको सबैभन्दा उच्च भाग भएका कारण यहाँ नेपाल टेलिकम र केही इन्टरनेट प्रदायक संस्थाका टावरहरु छन् । सुमन्द्र सतहदेखि करिब ४ हजार मिटर अग्लो स्थानमा पर्छ । चिमारा मालिका । त्यहाँसम्म पुग्नको लागि मोटरबाटो निर्माण भएको छ । तर, बाटो अलि अप्ठ्यारो छ ।

विभिन्न ठाउँमा खाल्डा खुल्डी भएकाले यात्रा अलि कठिनाइ छ । त्यहाँ पुगे पछि थकान र असहज यात्राको दुःख सबै हरण हुन्छ । मनोरम दृष्यले मनलाई एकाकार बनाई दिन्छ । डाँडामा पुग्ने वितिकै सबै भन्दा पहिले जो कोहिले मन्दिरको दर्शन गर्दछन् ।

मन्दिरको दर्शन पछि समथर मैदान माथि थरिथरिका बास्नादार फुलहरु र त्यसैमा उम्रिएका हरिया घाँसहरुले मोवाईलमा फोटो कैद गर्न ध्यान केन्द्रित गर्दछ । यो क्षेत्रलाई आन्तरिक पर्यटकलाई घुम्न लायक स्थान बनाउन स्थानीय सरकारले बाटो मर्मत तथा मन्दिरको सुरक्षा गर्न लागि परेको छ । चिमारा मालिका डाँडामा रहेको भगवतिको मन्दिर ढुङ्गै ढुङ्गाले निर्माण छ ।

परम्परागत शैलीमा निर्माण भएको मन्दिरमा साउन पूर्णिमाका दिन जिल्लाभरीका भक्तजनहरु पुग्ने स्थान हो । यहि स्थानलाई स्थानीय वडा सरकारले अहिले संरक्षण गर्न मन्दिर वरिपरि घेरबारको कार्य अगाडि बढाएको छ । स्थानीय सरकारले घेरबार गर्दै मन्दिर र धर्मशाला संरक्षण गर्ने कार्य थालनी गरेको छ । गुठिचौर गाउँपालिका–४ ले चिमारा मालिका मन्दिरलाई पर्यटकिय स्थलका रुपमा विकास गर्न लागि परेको छ । मन्दिर घेरबारका लागि वडाध्यक्ष टिकादत्त न्यौपानेले शिलान्यास गरे । ६ लाख रकममा १ सय ६१ मिटर घेरबार हुने वडाध्यक्ष न्यौपानेले बताए । चिमारा मालिकालाई पर्यटिकय क्षेत्रका रुपमा विकास गर्न पहिलो चरणमा घेरबार गरिएको वडा अध्यक्ष बताउँछन् ।

भगवति माईको मन्दिर रहेको स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकहरु आउने वातावरण निर्माण गर्न खोजिएको छ।चिमारा मालिका सम्म जाने बाटोको अवस्था नाजुक भएकाले वडाको रकमबाट मर्मत गरिदैछ । चिमारा मालिका मन्दिर घेरबार उपभोक्ता समितिका अध्यक्ष तुलराज अधिकारीले घेरबारले मन्दिर र धर्मशाला सुरक्षित हुने बताए । फुलबारीबाट चिमारा डाँडामा रहेको भगवति मन्दिर सम्म जानका लागि रेलिङ्ग सहितको सिडि निर्माणका लागि संघ सरकारमा वडा सरकारले प्रस्ताव गरेको छ ।

मालिका भगवतीको मन्दिर संरक्षणमा केन्द्रीकृत छौँः वडा अध्यक्ष टिकादत्त न्यौपाने

जुम्ला पत्रकार महासंघले गर्याे पाँच लाखको कोष

मालिका भगवतीको मन्दिर संरक्षणमा केन्द्रीकृत छौँः वडा अध्यक्ष टिकादत्त न्यौपाने

दुर्गमको खाद्य उद्योगले कमायो एक वर्षमा ४२