चामुण्डाले महावीर पुनको एक सय २० सेट किताब खरिद गर्यो


दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको एक सय २० सेट किताव खरिद गरेको छ । किताब बिक्री गर्दे दैलेख सदरमुकाम र दुल्लु हुदै चामुण्डा पुगेका पुनको किताव नगरपालिकाले लिएको हो । खरिद गरिएको किताव ९० हजार रुपैयाँ बराबरको रहेको छ ।
खरिद गरिको किताव पालिकाका ५४ विद्यालयमा वितरण गरिने नगर प्रमुख गणेश शाहीले नेपाली रैबारलाई जानकारी दिए । उनले कूषी सहकारी र जनप्रतिनिधीहरुलाई समेत किताब वितण गरिने बताए । यस्तै पुनले किताब खरिद गरिदिएकोमा नगरपालिकालाई धन्यबाद दिए । पुनले अन्य पालिकाहरुले पनि किनेर विद्यालयहरुमा बितण गर्नहुन अनुरोध गरे ।
पुनले चामुण्डामा मात्रै एक सय सय ६० पुस्तक बिक्री गरेको जनाए । उनले दैलेख बजारमा तीन सय,दुल्लु र भैरवीमा तीन सय ५० यस्तै राकममा ६० पिस किताब बेचेको जानकारी दिए । उनी सोमवार दैलेख सकेर अछाम लागेका छन् ।
पुनले राष्ट्रिय सभाको निर्वाचनको दिन पनि सुर्खेतमा निर्वाचन स्थलमै पुगेर नेताहरुलाई किताब बेचेका थिए । पुनले वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि उक्त किताब बिक्री गरिरहेका छन् । उनको किताब उनकै जीवनमा आधारित रहेको छ । तीन सय आठ पेज रहेको उक्त पुस्तकको मूल्य सात सय ५० रुपैयाँ राखिएको छ ।





