सम्पादकीय : काकाकुलको शहर वीरेन्द्रनगर कहिलेसम्म ?

कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुर्खेतको पनि केन्द्र हो वीरेन्द्रनगर । जहाँ कर्णालीका अन्य जिल्लासहित देशका विभिन्न ठाउँका मान्छेहरु बसोबास गर्ने गर्छन । संघीयता भएदेखी वीरेन्द्रनगरमा बसाईसरी आउनेको संख्या पनि ह्वात्तै बढेको छ । मानविय आधारभूत आवश्यकताको सहज पहँुचका लागी मानिसहरु वीरेन्द्रनगरमा बसाईसरी आउन चाहन्छन । शिक्षा, स्वास्थ्य लगायतका आधारभूल आवश्यकताको सहज पहुँचका लागी वीरेन्द्रनगरमा बसोवास गर्ने लगायतका मानिसको लागी हरेक बर्ष यो समयमा सबैलाई एउटै पिरलो हुन्छ पानीको । आधारभूत आवश्यकता मध्येको पनि पहिलो नम्बरको आवश्यकताको पानी । पानी बिना मानिसको जीवनको अस्तित्व सम्भव छैन । तर त्यही पानी वीरेन्द्रनगरमा संधै झैं लगभग बर्षमा ४ महिनाजसो हाहाकार नै हुन्छ ।

पानीका श्रोत संरक्षणमा सम्बन्धित निकायको ध्यान कहिले जाला ? पानीको नाममा राजनीति गर्नेहरुलाई पाप लाग्ला की नलाग्ला ? पहिला–पहिला पानी खान नदिए पाप लाग्छ भन्थे बुढापाकाले बाटोमा हिड्ने बटुवालाई समेत पानी खान बोलाएर घरमा भएको पानी, मोही, खाना लगाएतका कुरा खानदिएर मानवियता देखाउँथे । त्यही बुढापाकाबाट पाएको संस्कारले पानीमा समेत राजनीती गरेर आम नागरिकलाई काकाकुलकै हालतमा पु¥याएका छन् ।

बजारमा किन्दा एक लिटर पानीको मुल्य रु. २५÷३० पर्नेगर्छ एउटा सामान्य मानिसलाई दिनमा ४ लिटर पानी आवश्यक हुन्छ पिउनको लागि मात्र भनेपछी एउटा मानिसले बजारबाट किनेर खानुपर्दा दिनमा १००÷१२० सम्म खर्च हुन्छ परिवारमा ५ जना सदस्य भएमा ५०० देखी ६०० सम्म खानेपानीमा मात्र दैनिक खर्च गर्नुपर्ने अवस्था छ । यसरी हेर्दा यो त खानेपानीको लागि मात्र हुने खर्च भो त्यसैगरी दैनिक कपडा धुन, नुहाउन, खाना पकाउन, शौचालय प्रयोग गर्न लगायतका यावत शिर्षकमा पानीका लागी मात्र हुने खर्च नै कति आउला ? यसरी यो काकाकुलको अवस्था सिर्जना गर्नमा ठूलो भूमिका पानीका नाममा जागिर खाने र राजनीति गर्नेको छ । जसले न केही आम नागरिकको बारेमा सोच्छन न त तिनलाई चिन्ता छ ।

सार्वजनिक स्थल बसपार्क, चोक, चौतारा, मठमन्दिर आसपास २४ शैं घण्टा खानेपानीको निःशुल्क सुविधा दिने गरी स्थानीय सरकारले योजना बनाउनुपर्छ । सरकारी बजेट अभाव भएमा मनकारी सहयोगी व्यक्ति तथा संघ संस्था, व्यवसायीक फर्महरुलाई सामाजिक उत्तरदायित्व, मानविय धर्म स्वरुप निःशुल्क खानेपानी वितरणका लागि आव्हान गर्न सक्नुपर्छ ।

छ त केवल अलिअलि भएको पानी पनि आफ्ना कार्यकर्ता, आफन्त, आसेपासेलाई नेतृत्वको ठाडो निर्देशनमा अरुको लागी ७२ घण्टा सेड्युयल बनाएर आफ्नाका लागी पुगेपछी हप्ता १० दिनमा १०÷१५ मिनेट छोडेझैं गरेर झारा टार्ने । त्यसैगरी आम नागरिकको पनि केही भूमका भने नभएको होईन । आफ्ना भएका जमिनका टुक्राहरुमा कंक्रिट प्रयोग गरेर ढलान गरेर पानी जमिनमुनी जाने बाटो बन्द गरेका छन् ।

बर्षैसाल फागुनदेखी नै वनमा लागेको डढेलो असारसम्मै एउटै जंगलमा पटक पटक लगाएका छन् । अलिअलि टाठाबाठाले अनुदानका नाममा बोरीङको लागी सरकारी पैसा लगाएर सिमित व्यक्तिका लागिमात्र प्रयोग गर्नेगरी जमिनको भित्री सतहदेखीको पानी निकालेर प्रयोग गरेका छन् । जसका कारण मानिसले खनेका ईनार पनि बर्षौंदेखी पानी आईरहेका हाल सुकेका छन् । यसरी हेर्दा सम्पूर्ण रुपमा मानविय महत्वकांक्षाका कारण पानीका श्रोतहरु बर्षेनी घट्दै गएका छन् र वीरेन्द्रनगर काकाकुलको सहर बन्दै गएको छ ।

समाधानको उपाए भनेको प्राकृतिक श्रोतहरु बढाउनु नै हो । विकल्पमा त अरुपनी होलान तर प्राकृतिक श्रोतको खोजी गर्नु र त्यस अनुकुल कार्य गर्नु बाहेक अरु उपाए भनेका कृत्रिम उपाए हुन त्यो कहिलेकाही सहज नभईदिनपनि सक्छ तर प्राकृतिक श्रोत जोगाउन र बढाउन लाग्नु दिर्घकालिन संरक्षणको उपाए हो ।

जसमा वन संरक्षण, आफ्ना घरहरु बनाउँदा गरिने बृक्षारोपण ढलानको सट्टामा पानी जमिनले सोस्नेगरी पानी रिचार्ज सिस्टमले आफ्ना भौतिक संरचना निर्माण गर्नु नै प्राकृतिक श्रोत संरक्षणका दिर्घकालीन उपाए हुन नत्र अवको १० वर्षपछीको अवस्था झन भयावह हुने निश्चित छ । त्यसैले हरेक नागरिक आ–आफ्नो ठाउँबाट पानीका मुहान, वनजंगल संरक्षणमा लाग्नुपर्छ ।

निःशुल्क वाईफाईबाट बैंकिङ कारोबार नगर्न आग्रह

सम्पादकीय : काकाकुलको शहर वीरेन्द्रनगर कहिलेसम्म ?

बिउ उत्पादनमा आत्मनिर्भर बन्दै पूर्वी सुर्खेतका किसान

This will close in 0 seconds