प्रदेश स्तरीय फुटबल : सुर्खेत र हुम्ला विजयी

जुम्लाको सदरमुकाम खलंगामा मंगलबारदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय फुटबलमा हुम्ला र सुर्खेत विजयी भएका छन् ।
सुर्खेतले मुगुलाई ४–१ गोलले पराजित गरेको थियोे । भने हुम्लाले जाजरकोटलाई २–० गोलले पराजित गरेको हो। खेलको ३१ औं मिनेटमा सुर्खेतका नविन ओलीले पहिलो गरेर टिमको खाता खोलेको जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र हमालले बताए।
५७ औं मिनेटमा उनैले दोसो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।यस्तै दोस्रो हाफको ६० र ६८ औँ मिनेटमा सुर्खेतका भरत नगलले दुई गोल गर्दै जीत सुनिश्चित गरेको उनको भनाइ छ। उनले,भने ,मुगुका मिसी शाहीले ४८ औं मिनेटमा एक गोल गरेपनि जित दिलाउन सकेनन्।दोस्रो खेल हुम्ला र जाजरकोटको टिमबीच भएको थियोे।
खेलको ३३ औँ मिनेटमा पहिलो गोल गरेर हुम्लाका सागर शर्माले खाता खोलेका थिए। पेनाल्टी सुटआउटमा गोल गर्दै उनले टिमको खाता खोलेका हुन्। दोस्रो गोल ५३ औं मिनेटमा सुनिल शाहीले गरेका थिए।जाजरकोटले भने, खेलमा अवधिभर खाता खोल्न सकेन्।प्रतियोगितामा जुम्ला सहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोटको सहभागीता छ ।






