लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी


बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्धार भैरहवामा यही मंसिर २० देखि लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना हुने भएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले महोत्सव आयोजना गरेको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो ।

महोत्सवको यो नवौ संस्करण हो । ‘लुम्बिनी महोत्सव आर्थिक क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौं’ संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘महोत्सवमा व्यापारीक कार्यमात्र नभई उद्यमकला सिक्न चाहनेका लागि एक प्लेटफर्म हुने गरी आयोजना हुँदैछ र आफ्ना उत्पादन बिक्री वितरणको थलो मात्र नभई ब्राण्डिङ र बजारीकरण गर्ने अवसरसमेत हुनेछ ।

महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानबीचको तुलनात्मक मूल्यबारे जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्ने विश्वास लिइएको उनले जनाए ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए । ‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने, ‘व्यापारमा संलग्न भएकालाई यो मेला शिक्षा हो । जो व्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययन हो ।’ उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले व्यापारसम्बन्धी ज्ञान पाउने जनाए ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै विशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएका बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य महोत्सवको रहेको संघका सचिवसमेत रहेका प्रचारप्रसार संयोजक मंगल भण्डारीले बताए ।

‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानको प्रत्यक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रियस्तरका उद्योगका उत्पादनको विशेष प्रस्तुतीकरण हुने र महोत्सवमा मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रवर्द्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ ।

पुस १ गतेसम्म चल्ने महोत्सवमा सीमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था छ ।

कलुवापुर–बेलौरी सडक सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको छ । सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुनसकेको छैन ।

सोही सडकको ढक्का चाँनदेउबाट कालागौंडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ । ’निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दै आएका छौँ,’ पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुुर अधिकारीले भने, ’निर्माण व्यवसायीले काम अगाडि बढाउने अश्वासन दिन्छन्, काम अगाडि बढाउँदैनन् ।’

कलुवापुरबाट दक्षिणको चार लेन सडक कालोपत्रको कार्य मङ्सिर मसान्तसम्म पूरा गर्न पत्राचार गरिएको उनले बताए ।

बन्साहबाट कलुवापुर सडक कालोपत्र गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । बहुवर्षीय ठेक्का सम्झौताअनुसार सो कामका लागि निर्माण व्यवसायी छनौट गरिएको थियो ।

लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी

कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी

कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र

This will close in 0 seconds