२०८२ फाल्गुन ५ गते
×

Now Playing

सल्यान जिल्लामै पहिलो पटक क्याम्पसमा महिला प्रमुख


जिल्लामै पहिलो पटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ । बनगाड कुपिण्डे नगरपालिका ६ सुनौलीबजारमा रहेको बनगाड क्याम्पसमा पहिलो पटक देवकी मल्ल नियुक्त भएकी हुन् ।

वि.स.२०६६ सालमा स्थापना भई वि.स २०६९ सालमा सम्बन्दन प्राप्त गरेको थियो । जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात क्याम्पस सञ्चालनमा रहेका छन् । सात मध्ये बनगाड क्याम्पसले पहिलो पटक महिलालाई प्रमुखको रुपमा जिम्मेवारी दिएको छ । क्याम्पसको सुधारका लागि काम गर्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताए ।

महिलाले पनि जिम्मेवारी निवार्ह गर्न सक्छन् भन्ने समाजलाई चेतना जगाउने कार्यमा एक इट्टा आफूले थपेको मल्लको भनाई छ । उनले भने, ‘समाजमा महिलालाई अझै पनि सकारात्मक ढंगले हेर्ने गरेको पाइदैन । महिलाहरुले पनि अवसर पाएपनि काम गर्न सक्छन् र समाजको पनि नेतृत्व गर्न सक्छन बन्ने उदाहरण बन्ने प्रयास गर्ने छु ।’

पदभार ग्रहण कार्यक्रममा बोल्दै नगर उप प्रमुख पुरुषोत्तम आचार्यले कार्यकाल सफलताको शुभकामना दिदै यसलाई अवसरको रुपमा लिएर क्याम्पस विकासको लागि अगाडि बढ्न अनुरोध गरे । जिल्लामा पहिलो पटक महिला क्याम्पस प्रमुख भएको र अब महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण दिन समेत आग्रह गरे ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा ६ न वडा अध्यक्ष गणेश विसिले स्थापना कालदेखीका प्राध्यापकहरु सहितको अनुभवी टिम भएकोले त्यही अनुभवलाई आदानप्रदान गर्दै क्याम्पस प्रमुखलाई अगाडि बढन आग्रह गरे । बाध्यताबाट आवश्यकताको सिद्धान्त अनुसार अगाडि बढेर महिलाले पनि केही गर्न सक्छन् भन्ने उदेश्यका साथ अगाडि बढ्नु हुन र सबैको सहयोगले अगाडि बढ्न सक्ने बताए । यसलाई अवसरमा बदलेर विकास गर्न आग्रह गरे ।

सल्यान जिल्लामै पहिलो पटक क्याम्पसमा महिला प्रमुख

सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

सल्यान जिल्लामै पहिलो पटक क्याम्पसमा महिला प्रमुख

यसरी सुरुभएको सुर्खेतको लघु औद्योगिक ग्राम