नेपाल आइडल विजेता परियार नेपालगन्ज आउने


आउँदो आइतवार विश्व एड्स दिवस संसारभरी मनाइँदै छ । बाँके जिल्लामा पनि विश्व एड्स दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । जसमध्ये एउटा कार्यक्रम हो सांगेतिक कार्यक्रम ।

उक्त सांगेतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपाल आइडल विजेता गायकार करण परियार नेपालगन्ज आउने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । विश्व एड्स दिवसको पूर्व तयारीमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले सोमबार सरोकारवालासँग आयोजना गरेको बैठकमा विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै गायकार परियार आउने घोषण गरिएको हो । गायककार परियारसँगै स्थानीय कलाकारहरुले पनि आइबार नेपालगन्जमा आयोजना हुने सांगेगिक कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन्

त्यस्तै विश्व एड्स दिवका अवसरमा शनिबार पत्रकारहरुसँग अन्तरक्रिया, आइतबार दिवसको अवसरमा बिहान नेपालगन्ज प्रभातफेरि ¥याली, बाँके जिल्लाका सबै पालिकासँग समन्वय कार्यक्रम, आर्मी ब्यारेक राझाँमा एच.आई.भी परीक्षण र बेलुका नेपालगन्जस्थित बीपी चोकमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेको बैठकमा जनाइएको थियो ।

नेपाल आइडल विजेता परियार नेपालगन्ज आउने

प्रशासनिक अल्झनमा अड्कियो मुआब्जा वितरण

नेपाल आइडल विजेता परियार नेपालगन्ज आउने

एकिकृत स्वास्थ्य शिविरमा ३ सय बढीको स्वास्थ्य