एमाले सुर्खेतका नवनिर्वाचित कमिटीको घोषणा


नेकपा (एमाले) सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम घोषणा गरिएको छ । नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको चुनावी परिणाम घोषणा गरेपछि नवनिर्वाचितले सपथग्रहण गरिएको छ ।
निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको औपचारिकरुपमा निर्वाचन परिणाम घोषणा गरिएको छ । एमाले सुर्खेतको वीरेन्द्रनगर स्थित पार्टी कार्यालयमा नवनिर्वाचित कमिटीको घोषणा तथा सपथग्रहणपछि शुभकामना दिएका हुन् ।
निर्वाचनमा नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा कुलमणि देवकोटाले आफ्ना निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ४९५ मतदाता रहेकामा खसेको कुल ४ सय ८६ मतमध्ये देवकोटाले ३ सय ५१ मत पाए । विसीले १ सय ३२ मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा ३ सय ४६ मत ल्याएर मोहन बडुवाल विजयी भएका छन । सचिवमा डम्बरप्रसाद तिवारीले २ सय ९१ मत ल्याएर निर्वाचित भए । यस्तै उपसचिव खुल्लामा टिकाराम सोमै ३ सय २४ मत ल्यार विजयी भए भने महिलामा सुशीला विश्वकर्मा ३ सय ३५ मत ल्याएर विजयी भइन् । पदाधिकारीमा देवकोटाको प्यानल नै विजयी भएको हो ।






