मानवसेवा आश्रमको प्रगती प्रतिवेदन सार्वजनिक

मानवसेवा आश्रम जिल्ला शाखा सुर्खेतले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । सोमवार मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।

मानव सेवा आश्रम सुर्खेतले हालसम्म तीन सय २४ जना मानिसहरुको उद्धार गरेको छ । जसमा एक सय ९० जना र एक सय ३४ जना महिला रहेका छन् । आश्रमले एक सय ३३ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । आश्रममा हाल सम्म सेवा लिदाँलिदै २८ जनाले ज्यान गुमाएका छन् भने ५३ जनाले अल्पकालीन सेवा लिएका छन् ।

आश्रमबाट २२ जनाले सामुदायिक पुर्नस्थापना भई स्वावलम्बी जीवन निर्वाह गरिरहेका छन् भने ७ जनालाई पुनः उद्धार गरिएको छ । आश्रममा हाल ८८ जना आश्रित रहेका छन् भने २९ जनाको स्थानान्तरण गरिएको मानवसेवा आश्रम जिल्ला शाखा सुर्खेतका अध्यक्ष टिकाराम चपाईले जानकारी दिए ।

घरपरिवार र आफन्त विहिन भई सार्वजनिक स्थलहरु वृद्धवृद्धा र मानसिक रुपमा विक्षिप्त भई सडक आश्रित बनेका मानिसहरुलाई आश्रमले सेवा दिइरहेको छ ।

आव ०७९÷०८० मा सुर्खेत शाखा कार्यालयबाट ४७ जनाको उद्धार, ८ जनाको पारिवारिक पुर्नमिलन, ६ जनाले अल्पकालीन सेवा लिएका र २९ जनाको स्थानान्तरण गरिएको छ ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक बिहीन, मानसिक तथा शारिरीक रुपमा कमजोर, सडक आश्रित मानवहरुको उद्धार एंव सेवा गर्ने उद्देश्यका साथ मानवता प्रर्वद्धन महाअभियान लागेको मानवसेवा आश्रम सुर्खेत शाखाले २०७५ साल पौष महिनादेखि वीरेन्द्रनगर–१२, नेवारेमा घर भाडामा लिएर आफ्नो सेवाकार्य अगाडी बढाईरहेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा मानवसेवा आश्रम जिल्ला शाखा कार्यालय सुर्खेतबाट दुई सय ८७ वटा नगद र ७२ वटा जीन्सी गरी जम्मा तीन सय ५९ वटा सहयोग रसिद जारी भएका छन् ।

मानवसेवा आश्रमको सेवालाई दिगो बनाउन तीन सय ६५ जना आजीवन वार्षिक भोजनसेवा सदस्य समुह निर्माण गर्ने लक्ष्य अनुरुप कार्य भईरहेको छ । हालसम्म एक समयको भोजनका लागि एक लाख २२ हजार एक सय ११ रुपैयाँ योगदान गर्ने ९ जना समुह निर्माण गरिएको छ ।
यस्तै मानवसेवा आश्रम ६ लाख ६९ हजार आठ सय ३० रुपैयाँ घाटामा रहेको जनाएको छ । मानवसेवा आश्रमको संरक्षणमा रहेका आश्रितहरुको नियमित स्वास्थ्य परिक्षण अन्त्यन्त सहज र सरल रुपमा भईरहेको आश्रमले बताएको छ ।

यसैगरी आश्रमको सेवामा सडकपेटी एवम् सार्वजनिक स्थलमा सहयोगापेक्षी भेटिए मानवसेवा आश्रममा सम्पर्क गर्ने वातावरण बन्दै गएको, तीनै तहका सरकारको निरन्तर साथ, सहयोग एवम् अभिभावकत्व प्राप्त हुँदै गएको बताएको थियो ।

मानवसेवा आश्रमका अध्यक्ष टिकाराम चपाईको सभाध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर–११ का वडा अध्यक्ष खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

मानवसेवा आश्रमको प्रगती प्रतिवेदन सार्वजनिक

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए खोप

मानवसेवा आश्रमको प्रगती प्रतिवेदन सार्वजनिक

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट

This will close in 0 seconds