२०८२ फाल्गुन ५ गते
×

Now Playing

आगलागी पीडित परिवारलाई राहत

जुम्लाको पातारासी गाउँपालिकाले आगलागी पीडित परिवारलाई तत्काल राहत वितरण गरेको छ। पातारासी गाउँपालिका–२ तल्फि गाउँका आगलागी पीडित कलसिंह सार्कीलाई राहत वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा र उपाध्यक्ष जनमाया रोकायाले पीडितको घरमै पुगेर राहत वितरण गरेका हुन् ।

गाउँपालिकाले तत्कालका लागि चामल,तेल,र लत्ताकपडा ओड्ने ओछ्याउने र २८ जना परिवारलाई लगाउने एक सरो लुगा वितरण गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् । उनले भनिन्, ‘१ लाख मुल्य बराबरको राहत उपलब्ध गराइएको छ । फागुन ११ गते राति साढे ११ बजेको समयमा सो घरमा आगालागी भएको थियो । सार्कको दुईतले ८ कोठे घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।’

उपाध्यक्ष रोकाया अनुसार उनको परिवारलाई गाउँपालिकाले खाद्यान्न लत्ताकपडा लगायतका सामग्री वितरण गरेको हो ।
नाजुक अवस्थालाई बुझेर तत्कालका लागी राहत सहयोग गरिएको उनले बताइन् । आगलागीबाट ४१ लाख १५ हजार बराबरको क्षति भएको जुम्ला प्रहरीले जनाएको छ ।

नगद तथा जिन्सी सामान लगायत गहना, अन्नपात तथा लुगाफाटो सहित पुरै जलेको छ । घर जलेपछि करिब २८ जनाको संयुक्त परिवार विस्थापित भएको छ ।
सात तोला सुन, तीन पुस्ते पुराना सिक्कासहित अन्नपात, भाडा लत्ताकपडा सबै जलेका थिए ।

आगलागी पीडित परिवारलाई राहत

पाँच वर्षे विद्यालय सुधार योजना निर्माण

आगलागी पीडित परिवारलाई राहत

सुनथराली विमानस्थलमा तारा एयरको सफल परीक्षण उडान